ई-आर्थिक, काठमाडौं। आइतबार नेपालमा ९८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै संक्रमित हुने कुल संख्या ४६ हजार २५७ पुगेको जनाइएको छ । तीमध्ये सकृय संक्रमित १७ हजार २७ जना छन् ।
मन्त्रालयका अनुसार आज काठमाडौंमा २९०, ललितपुरमा ३२ र भक्तपुरमा ३२ गरी कुल ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दश हजार ३८२ जनाको आरटी पीसीआर परीक्षण भएकाे थियाे । कुल पीसीआर परीक्षण संख्या ७ लाख ६८ हजार ३४५ पुगेको छ। संस्थागत आइसोलेसनमा ९ हजार २०१ जना छन् । होम आइसोलेसनमा ७ हजार ८२६ जना छन् ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी एक हजार ८१४ जना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै हालसम्म २८ हजार ९४१ जना कोरोनामुक्त भई घर फर्केका छन् ।
त्यसैगरी आज कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ जना महिला र ७ जना पुरूष छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २८९ पुगेको छ।