२०८३ साउन ९ शनिबार

लामो समयदेखि अध्यक्षविहीन लक्ष्मी बैंकले बल्ल ग¥यो अध्यक्ष नियुक्ती, अध्यक्ष चिन्ने कर्मचारीको ‘अभिलासा’ पुरा

ई आर्थिक    बुधबार, भाद्र १७ २०७७
13.5K
Shares
लामो समयदेखि अध्यक्षविहीन लक्ष्मी बैंकले बल्ल ग¥यो अध्यक्ष नियुक्ती, अध्यक्ष चिन्ने कर्मचारीको ‘अभिलासा’ पुरा

ई–आर्थिक, काठमाडौं । लामो समयदेखि अध्यक्षविहीन जस्तै रहेको लक्ष्मी बैंकले बल्ल अध्यक्ष चयन गरेको छ । बैंक सञ्चालक समितिको बैठकले बैंक सञ्चालक समितिको अध्यक्षमा रमण नेपाललाई अध्यक्षमा नियुक्ती गरेको छ । बैंकको सञ्चालकमा दिनेश पौडेल, स्वति रुङ्गटा, विश्व करण जैन र विद्या बस्न्यात रहेका छन् ।

अध्यक्षमा नियुक्ती पाएका अध्यक्ष नेपालले नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष विद्युतीय माध्यम (अनलाइन)बाट अध्यक्ष पदको सपथ समेत लिएका छन् ।
अध्यक्ष नेपालले बैंकको संस्थापक शेयरधनी नागरिक लगानी कोषको तर्फबाट २०७५ फागुनदेखि बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्दै आएका थिए । नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा अवधि पुरा गरी निर्देशकको पदबाट सेवानिवृत्त अध्यक्ष नेपाल हाल नागरिक लगानी कोषमा कार्यकारी निर्देशक समेत हुन् । नेपाल नियुक्ती हुनु अघि बैंक अध्यक्षविहिन जस्तै थियो । लामो समय बैंकलाई अध्यक्ष विहिन राखेपछि बैंकका हजारौं सदस्यहरु र निक्षेपकर्ताहरुले चिन्ता र चासो राख्दै आएका थिए ।

बैंकले भने उमेर हद पुरा भएर विदा लिएका शम्भु आचार्यलाई नै आफ्नो आधिकारिक अध्यक्ष भएको बताउँदै आएको थियो । यद्यपी बैंकले भनेजस्तै उनी नत बैंकको आधिकारिक अध्यक्षको सूचिमा थिए नत उनलाई बैंकको वेबसाइटमा नै सार्वजानिक गरिएको थियो । सेयरधनि त परै जाओस् लामो समयसम्म बैंकको अध्यक्ष को हुन भन्ने बारेमा बैंकका सयौं कर्मचारी र नेपाल राष्ट्र बैंकका प्रवक्ता समेतले पत्तो पाउन सकेका थिएनन् । बैंक अध्यक्षविहिन भएको चौतर्फी गु्नासो आएपछि समाचारको शिलशिलामा राष्ट्र बैंकका तत्कालिन प्रवक्ता लक्ष्मीप्रपन्न निरौलालाई इ–आर्थिक डटकमले जिज्ञासा राखेको थियो । अन्य सबै बैंकको अध्यक्ष थाहा भएको तर लक्ष्मी बैंकको अध्यक्षबारेमा आफूलाई जानकार नभएको बताएका थिए । तथापी उनले भनेका थिए– ‘बैंक अध्यक्षविहीन त हुनै सक्दैन, तर नाम भने थाहा भएन् ।’

बैंकले अध्यक्ष नियुक्त गरेपछि आफ्ना अध्यक्ष चिन्ने अभिलासा पुरा भएको एक कर्मचारीले ई–आर्थिकलाई बताए ।

कम्पनी सचिब पियुषराज अर्यालले यसअघि उमेर हदका कारणले अध्यक्ष आचार्यले बैंक छाडेको बताएका र बैंक अध्यक्षबिहीन रहेको जानकारी दिएका थिए । सचिव अर्यालले ७० बर्षभन्दा बढी उमेरको ब्यक्ति बैंकको सञ्चालकमा रहन नपाउने राष्ट्र बैंकको नियमले ७४ बर्षका आफ्ना अध्यक्षले बिदा लिएको बताएका थिए । बैंकको साधारणसभा पछि चयन हुने बताए । यद्यपी रिक्त एक सञ्चालक भने चयन गर्ने बोर्ड बैठकको बारेमा भने उनले अनविज्ञता प्रकट गरे ।

रिक्त भएको समयमा बैंक बैठकको अध्यक्षता सञ्चालक रमण नेपालले गर्दै आएको बताए । तर सचिव अर्यालले कति उनको अध्यक्षतामा एउटा/दुईवटा बैठक बसेको बताए । बैठक समेत यतिवटा नभनेका कम्पनी सचिव अर्यालले ई–आर्थिकलाई बैंकका सेयरधनीसमेत १३/१४ हजार जति रहेको अस्पष्ट तथ्यांक बताएका थिए । यसले बैंक अलिक अपारदर्शी रहेको छ कि भन्ने आशंका गरिएको छ । बैंकको यो अपारदर्शीतासँगै सेयरधनी तथा निक्षेपकर्ताहरुले आफ्नो लगानीको समेत चिन्ता व्यक्त गर्न थालेका छन् ।

सेयरधनी र निक्षेपकर्ताको चासोका बीच ई–आर्थिक डटकममा लक्ष्मी बैंक लामो समयदेखि अध्यक्षबिहीन, कारोबारमा जोखिम बढ्न थालेको चिन्ता शिर्षकमा समाचार प्रकाशित गरेको थियो ।

बैंकको कारोबारमा जोखिम वा जोखिमजन्य परिस्थिति उत्पन्न हुन नदिन र बैंकिङ्ग कारोबार होसियारीपूर्वक सञ्चालन गर्न बैंकमा सन्चालक समिति गठन गरिएको हुन्छ । सन्चालक समितिले निक्षेपकर्ता, ग्राहकवर्ग तथा सर्वसाधारण शेयरधनीको हितमा बैंक सञ्चालनको नीति तय गर्छ । साथै बैंकमा उपयुक्त संस्थागत सुशासन कायम गर्न आन्तरिक नियन्त्रण प्रणाली एवं जोखिम व्यवस्थापन मापदण्ड तयार गरी लागू गर्ने काम पनि सञ्चालक समितिको हुन्छ ।

आफ्नो बैंकले गर्नु पर्ने सम्पूर्ण काम कारबाहीको लागि आवश्यक नीतिगत व्यवस्था गर्ने, काम कारबाहीको नियमित अनुगमन गरी बैंकलाई व्यवस्थित र विवेकशील तबरबाट सञ्चालन गराउने काम पनि सन्चालक समितिको हो । यति महत्वपूर्ण उद्देश्य तथा लक्ष्य लिएको बैंक सन्चालन समितिको नेत्तृत्व अध्यक्षले गर्छ । अध्यक्ष नहुँदा माथि उल्लेखित सबै काम लथालिङ्ग हुन्छन् । सबभन्दा ठूलो कुरा त बैंकको कारोबारमा जोखिम उत्पन्न हुने बैंकिङ क्षेत्रका जानकार बताउँछन् । लामो समय अध्यक्षविहिन राखेर बैंकले यस्तै जोखिम मोलेको उनको भनाई छ ।

बैंकले परिस्थिति अनुसार तत्कालै निर्णय लिनुपर्ने हुन्छ । तत्काल निर्णय लिन नसक्दाको परिणाम अकल्पनीय हुन सक्छ । यसका लागि सन्चालकमध्येबाट नेत्तृत्व गर्न सक्षम र योग्य ब्यक्ति अध्यक्ष चुनिएको हुन्छ र उसैको अध्यक्षतामा बैठक बसी बैंकले आवश्यक निर्णय लिइने परिपाटी रहेको छ ।

बैकमा सीईओले दीर्घकालीन वा अल्पकालीन नीति तथा योजना बनाउँदैन । उसले सञ्चालक समितिले बनाएको नीति, योजनालाई प्रभाबकारी कार्यान्वयन गर्ने मात्र हो । बैंक तथा बित्तीय सस्थासम्बन्धी ऐन ०७३ ले बैंकको सञ्चालक समितिको प्रष्ट ब्यबस्था गरी समितिकोे बर्षमा कम्तिमा १२ ओटा बैठक बस्नु पर्ने प्राबधान गरेको छ । यसको अर्थ महिनामा कम्तिमा एक पटक सञ्चालक समितिको बैठक बस्नु पर्छ भन्ने हो ।

बैठकको अध्यक्षता अध्यक्षले गर्नुपर्ने प्राबधान छ । अध्यक्षको अनुपस्थितिमा अल्पकालीन ब्यबस्था त छ, तर त्यसले बैंकको समग्र नीति निर्माणमा असर पुग्ने कल्पना गरिएको प्रष्ट संकेत गरिएको छ । तर लामो समय वितिसक्दा पनि उनको स्थानमा अर्को अध्यक्ष चयन नगर्नुमा अन्य सन्चालकको लुकेको स्वार्थ पक्कै रहेको यस क्षेत्रका जानकारहरु बताउँछन् । तर कसैको स्वार्थमा बैंक सञ्चालन गरिनु निकै दुर्भाग्यपूर्ण अबस्था भएको शेयरधनीहरु बताउँछन् । बैंकको यही पुस ६ गते साधारणसभाको तय गरिएको साधारणसभाले रिक्त सञ्चालक पुरा गरेपछिको सञ्चालक समितिले अध्यक्ष चयन गर्ने बैंकले बताउँदै आएको थियो । तर पनि सिमित व्यक्तिको स्वार्थमा बैंकलाई लामो समय अध्यक्षविहिन बनाउँदै आइएको एक कर्मचारीले दाबी गरेका छन् ।

सम्बन्धित समाचार

लक्ष्मी बैंकको हदैसम्मको बदमासी, अरूले लिएको ऋण असुल्न प्रतिष्ठित ब्यबसायीको ‘बली’ !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij