२०८३ साउन ९ शनिबार

नेकपाको अन्तरबिरोध हल गर्न पदीय ब्यबस्थापनको तयारी, बहुपद राख्न गृहकार्य

ई आर्थिक    मंगलबार, भाद्र २ २०७७
10.5K
Shares
नेकपाको अन्तरबिरोध हल गर्न पदीय ब्यबस्थापनको तयारी, बहुपद राख्न गृहकार्य

ई–आर्थिक,काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरबिरोधको दीर्घकालीन समाधानका लागि बहुपद सिर्जना गर्नतिर अध्यक्षद्वयले छलफल गर्न थालेको खुलासा भएको छ । पदीय ब्यबस्थापन नभएकै कारण पार्टीमा पटक–पटक समस्या बल्झिरहेको निस्कर्षमा प्रथम अध्यक्ष केपी शर्मा ओली पुगेपछि अर्का अध्यक्ष प्रचण्डसँग यसबारेमा परामर्श भएको खुलासा भएको हो । मन्त्रीपरिषदको पुनर्गठनदेखि लिएर प्रदेश सरकारको समेत हेरफेर गरेर अन्तरबिरोधको समाधान गर्नेगरी अघि बढेका दुई अध्यक्ष पाार्टीभित्र पनि पदीय ब्यबस्थापन गर्नुपर्ने ठानेर सहमतिका लागि परामर्श गर्न थालेका छन् ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले राजकीय जिम्मेवारी हेरफेरले मात्र पार्टीभित्रको असन्तुष्टि सकिदैन भनेर अर्का अध्यक्ष प्रचण्डको ध्यानाकर्षण गराएको स्रोतले जानकारी दिएको छ । पार्टीभित्रको जिम्मेवारीलाई समेत ब्यबस्थापन गरिएन भने अहिलेको संकट केही समयको लागि मात्र टर्ने ओलीको भनाई थियो । ‘त्यसो भए के गर्ने त ?’ भनेर प्रचण्डले ओलीसँग जिज्ञासा राखेको स्रोत बताउँछ । त्यसको जबाफमा ओलीले पार्टीमा केही अरु पद पनि थप गरौ र नेताहरुको हिजोको जिम्मेवारी र मर्यादा अनुसार पदीय ब्यबस्थापन गरौं भनेर ओलीले प्रचण्डलाई सुझाएका थिए ।

प्रचण्डले पदकै लागि त पार्टीभित्र अहिले समस्या आएको जस्तो मलाई लाग्दैन भनेर ओलीलाई जबाफ दिएका थिए । त्यसको प्रतिउत्तरमा ओलीले पूर्बमाओबादीमा यस्तो समस्या म पनि देख्दिन तर हामीकहाँ (पूर्बएमाले) भने यसले ठूलो प्रभाब भनेर बताएका थिए । पार्टी एकता गर्दा हिजो माथिल्लो पदमा रहेकाहरु अहिले तल र तल रहेका माथि पुगेको अबस्थालाई पूर्बएमालेका नेताहरुले पचाउन नसकेको ओलीको तर्क थियो । यसो भनेर ओलीले तत्कालीन एमालेका उपाध्यक्षहरु भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतलाई संकेत गरेका थिए ।

पार्टी एकता भएपछि उनीहरु स्थायी समितिमा मात्र छन् । हिजो पार्टीका महासचिबभन्दा मर्यादाक्रममा माथि रहेकाहरु आज हिजोका सचिबहरु र पदाधिकारी नभएकाहरुसँगै एउटै स्थायी कमिटिमा रहनुपर्दा अपमान हुनु परेको महसुस गरेकोबारे ओलीले प्रचण्डलाई सुनाएका थिए । त्यसैगरी हिजो उपमहासचिब मात्र रहेका बिष्णु पौडेल आज महासचिब भएर हिजोका उपाध्यक्षहरुको नेता बनेका छन् । मर्यादाक्रममा तल रहेका हिजोका महासचिब ईश्वर पोखरेल पनि आज सचिबालयमा रहेर रावल, शाक्य र ज्ञवालीको नेताका रुपमा छन् । यसैले पूर्बएमाले समूहमा पार्टी एकतापछि निरन्तर किचलो सुरु भएको ओलीले प्रचण्डलाई सुनाएका थिए ।

प्रचण्डले पनि पूर्बएमालेभित्र पदीय ब्यबस्थापनकै कारण निरन्तर रडाको मच्चिएको हो भने त्यसको पनि सम्बोधन गरौ न त भनेको स्रोतले जानकारी दिएको छ । तर यसले पूर्बएमाले चाहि मिलाउने पूर्बमाओबादीमा चाहि समस्या ल्याउने हो कि भनेर पनि प्रचण्डले ओलीसँग कुरा गरेको स्रोत बताउँछ । पद सिर्जना गरेर त्यसमा ब्यबस्थापन गर्दा पूर्बमाओबादीबाट क–कसलाई पदाधिकारीमा पदोन्नति गर्ने भन्ने समस्या आउन सक्ने र यसले आफ्नो समूहमा फुट पैदा गर्ने प्रचण्डको आसय थियो ।

ओलीको चाहना नेत्तृत्वमा अहिले नै बहुपद सिर्जना गर्ने रहेको छ । जसमा उपाध्यक्ष दुई थपेर तीन, उपमहासचिब दुई, सचिब तीन राख्ने उनको योजना भएको स्रोत बताउँछ । बरिष्ठ दुई नेतासहित १३ जनाको पदाधिकारी हुनेछ । दुई थप सदस्य थपेर पदाधिारीसहित १५ जनो सचिबालय बनाउँदा अहिलेको असन्तुष्टिको पदीय ब्यबस्थापन हुन सक्ने ओलीको आकलन रहेको बताइन्छ ।

यसो गरेमा चैत्र महिनाभित्रै गर्ने भनेर प्रचार गरिएको महाधिबेशन उक्त अबधिमा नगरे पनि हुने ओलीको भित्री आशस रहेको स्रोतको दाबी छ । ‘अहिलेको पार्टीभित्रको मूल समस्या पूर्बएमालेभित्रको अन्तरबिरोधका कारण सिर्जित समस्या हो । यसरी पदीय ब्यबस्थापन गरेर पूर्बएमालेको असन्तुष्टिको ब्यबस्थापन भयो भने पार्टीभित्रको किचलो सकिन्छ ।’ स्रोत भन्छ ‘ओलीले पार्टीभित्रको संकट टारे भने किन चैत्रमा महाधिबेशन गर्नुप¥यो र ।’ यो कुरा प्रचण्डले बुझे भने उनी बहुपद सिर्जनाको तगारो बन्न सक्ने स्रोतको दाबी छ ।

बहुपद सिर्जना हुन नसके सचिबालयको संख्या बृद्धि गर्नुपर्ने ओलीको जोड छ । यसको आसय पनि पदीय ब्यबस्थापन नै हो । यो सबै ब्यबस्था बिबाद समाधान कार्यदललाई सिफारिस गराएर कार्यान्वयन गरिने स्रोतले जानकारी दिएको छ । कार्यदललाई सचिबालयले समेत अनुमोदन गरिसकेको हुदा यसले ल्याएउने प्रस्ताब अनुसार पार्टी अघि बढ्न सक्ने पनि देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij