ई–आर्थिक, काठमाडौं । साताको दोस्रो दिन शेयर कारोवार मापक नेप्से परिसूचक ०.१८ प्रतिशतले ओरालो लागेको छ। सोमबार नेप्से १४६५.१० विन्दुबाट पहिलो कारोबार सुरु भएको थियो ।
बजार खुलेसँगै नेप्से बढ्ने गतिमा रहे पनि बीचमा केही उतारउढाव भने देखिएको थियो । तर अन्ततः नेप्से घटेर १४६२.४८ विन्दुमा ओर्लेको छ । अघिल्लो कारोबार दिनको तुलनामा सोमबार नेप्से २.६२ बिन्दु अर्थात ०.१८ प्रतिशतले घटेको हो ।
नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको सुचक बढेर आठ वटा समुहको सुचक घटेका छन । यस दिन विकास बैंक, उत्पादन तथा प्रशोधन, अन्य र लघुबित्त बहेकका सबै परिसूचक घटेको छ। विकास बैंक ०.२३, उत्पादन तथा प्रशोधन ०.१८, अन्य ०.७१ र लघुबित्त ०.५ प्रतिशतले बढेको छ।
त्यस्तै बाँणिज्य बैंक समुहको सुचक १.२५, जलबिद्युतको २.५९, निर्जिवन बीमाको १५०.४१ अंकले घटेका छन । त्यस्तै जीवन बीमा, ट्रेडिङ, होटल, फाईनान्स र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन ।
आइतबारको तुलनामा यस दिन कारोबार रकम पनि केही घटेको छ। नेप्सेका अनुसार आज कूल १८७ कम्पनीका ४२ लाख ५७ हजार १६१ कित्ता शेयर रु. एक अर्व ८१ करोड २५ लाख ५० हजार ३८ मूल्यमा खरिद बिक्री भए । आइतबार १ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको थियो।