ई–आर्थिक, काठमाडौं । शेयर बजारमा मौद्रिक नीतिको प्रभावका कारण आइतबार ३ पटक सकारात्मक सर्किट ब्रेक लागेर बन्द भएको बजार सोमबार पनि २ पटक सकारात्मक सर्किट ब्रेक लाग्यो । तर, अन्तमा बजार १४.९ अंकले घटेर बन्द भएको छ ।
खुलेको केही छिनमै ४ प्रतिशतले बढेर २० मिनेट कारोबार स्थगित भएको बजार त्यसलगत्तै फेरि ५ प्रतिशतले बढेर ४० मिनेट स्थगित भएको थियो। त्यसपछि भने बजार ओरालो लागेको हो। यसरी अस्वाभाविक उतारचढाब देखिए पनि कारोबार भने उत्साहजनक देखिएको छ ।
आज १ सय ८१ कम्पनी कारोबारमा आए । जसको २ अर्ब ८० करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बजार १४६४.९४ बिन्दुमा अडिएको छ । घटेर बन्द भएको बजारमा बैकिङ समूह, विकास बैंक समुह, फाइनान्स र म्यूचुअल फण्ड समुह बढेको छ भने बाँकी सबै समुह घटेको छ ।
सबैभन्दा बढी विकास बैंक समूह १६.९३ अंकले बढेको छ । बैकिङ समूह ३.१४ अंकले बढेको छ । फाइनान्स समूह १.१५ अंकले बढेको छ भने म्यूचुअल फण्ड ०.०१ प्रतिशतले बढेको छ । युनाइटेड फाइनान्स, एनआइसी एशिया लघुवित्त, स्पर्श लघुवित्त, हिमालय उर्जा बिकास कम्पनी लगायतले सबैभन्दा बढी कमाएका छन् भने गुराँस लघुवित्त वित्तिय संस्था, मञ्जु फाइनान्स, शिभम सिमेन्ट, परवार्ड कम्यूनिटी माइक्रोफाइनान्स लगायतले सबैभन्दा बढी गुमाएका छन् ।