२०८३ साउन १२ मंगलबार

काठमाडौंको गंगालाल अस्पतालमा उपचाररत ७ जनामा कोरोना संक्रमण, आकस्मिकबाहेकका सबै सेवा बन्द

ई आर्थिक    मंगलबार, असार २३ २०७७
5.4K
Shares
काठमाडौंको गंगालाल अस्पतालमा उपचाररत ७ जनामा कोरोना संक्रमण, आकस्मिकबाहेकका सबै सेवा बन्द

ई–आर्थिक, काठमाडौं । काठमाडौंको बाँसबारीमा रहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ती विरामीमा कोरोना संक्रमणको पुष्टि गरेका छन् ।

ती विरामीबाट धेरैजनामा संक्रमण फैलिएको हुनसक्ने त्यहाँका चिकित्सकहरुको अनुमान छ । उनीहरूको कन्ट्याक ट्रेसिङ गर्न बाँकी रहेको र त्यसको प्रक्रियासमेत सुरु भएको सो महाशाखा स्रोतले जानकारी दिएको छ ।

यसैबीच आज मंगलबारबाट अस्पतालले आकस्मिकबाहेकका सबै सेवा हालका लागि स्थगित गरिएको जानकारी दिएको छ । थप सतर्कताका लागि आकस्मिकबाहेकका सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले एक सूचना नै निकालेर सर्वसाधारणलाई जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij