ई–आर्थिक, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति साउनको पहिलो सातामा आउने भएको छ । नेपाल राष्ट्र बैंकले असार अन्तिममा मौद्रिक नीति सार्वजानिक गर्ने तयारीका बीच साउनको पहिलो हप्तामा ल्याइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
राष्ट्र बैंक स्रोतका अनुसार अहिले मौद्रिक नीतिका लागि आन्तरिक गृहकार्य तीव्र बनाइएको छ । मौद्रिक नीतिसँग सरोकार राख्ने विभिन्न क्षेत्रहरुबाट अहिले धमाधम सुझावहरु आइरहेको पनि राष्ट्र बैंक स्रोतले उल्लेख गरेको छ । प्राप्त सुझाब मध्ये सकारात्मक सुझाबहरुलालई समेटेर मौद्रिक नीति ल्याइने स्रोतल जानकारी दियो ।
लामो समय लकडाउन भएकाले निजीक्षेत्रको व्यापार व्यवसायमा गिरावट आएसँगै बजेटले सम्बोधन नगरेका विषयहरुलाई मौद्रिक नीतिबाट सम्बोधन हुनुपर्छ भन्दै वित्तीयलगायत निजीक्षेत्रका विभिन्न छाता संगठनहरुले सुझाब दिंदै आएका छन् ।
कोरोना भाइरस कोभिड–१९ को महामारीमा भइरहेको लकडाउनका बीच यसपटकको मौद्रिक नीति केही फरक ढंगबाट ल्याउन प्रयास भइरहेको पनि राष्ट्र बैंक स्रोतको भनाई छ ।