ई-आर्थिक, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट थप २१३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितहरुको कुल सङ्ख्या तीन हजार ४४५ पुगेको छ । थप सङ्क्रमितमा २०९ पुरूष र चारजना महिला रहेका छन् ।
स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालय का प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । हालसम्म नेपालमा कुल संक्रमित ३ हजार ४४८ जना रहे्को मध्ये ३ हजार २१२ जना पुरुष र २३६ महिला रहेका छन्।