२०८३ साउन १२ मंगलबार

रूसद्वारा एससीओ, ब्रिक्स शिखर सम्मेलन स्थगित

ई आर्थिक    बिहिबार, जेष्ठ १५ २०७७
6.1K
Shares
रूसद्वारा एससीओ, ब्रिक्स शिखर सम्मेलन स्थगित

मस्को, जेठ १५ गते । रूसमा जुलाईमा आयोजना गर्न लागिएका ब्रिक्स र शाङ्घाई सहयोग संगठन (एससीओ) का शिखर सम्मेलनहरू स्थगित भएका छन् ।

रूसी राष्ट्रपतिको कार्यालयले कोरोनाभाइरस महामारी नियन्त्रणमा आइनसकेको भन्दै  दुवै सम्मेलनका लागि नयाँ मिति घोषणा गरिने जनाएको छ । यी बैठकहरू सेन्टपिटर्सबर्गमा आगामी जुलाई २१ देखि २३ सम्म आयोजना हुने गरी तय भएका थिए ।

क्रेमलिनका अनुसार सहभागी मुलुक तथा विश्वव्यापी कोरोनाभाइरसको अवस्था पुनर्मूल्याङ्कन गरी नयाँ मिति घोषणा गरिनेछ ।

-रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij