२०८३ साउन १२ मंगलबार

कोरोना संक्रमित विरामीको शबको विषयलाई लिएर बीरगञ्जको नेशनल मेडिकल कलेजलाई कारवाही गरिने

ई आर्थिक    मंगलबार, जेष्ठ १३ २०७७
6K
Shares
कोरोना संक्रमित विरामीको शबको विषयलाई लिएर बीरगञ्जको नेशनल मेडिकल कलेजलाई कारवाही गरिने

ई–आर्थिक, वीरगञ्ज । कोरोना भाइरस कोभिड–१९ संक्रमित विरामीको शबको विषयलाई लिएर बीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताललाई कारवाही गरिने भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र, पर्साले पिसिआर रिपोर्ट नआउँदै मृत्यु भएका बिरामीको शव दाहसंस्कार गर्न परिवारको जिम्मा लगाएको भन्दै अनुसन्धान गरी कारवाही गर्ने निर्णय भएको हो । उक्त अस्पतालमाथि थप अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि तयारी भइरहेको केन्द्रले स्रोतले जानकारी दिएको छ ।

कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रका प्रमुख एवम् पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको केन्द्रको बैठकले वीरगञ्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि थप अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाउने निर्णय गरिएको हो ।

वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेजमा जेठ २ गते भर्ना गरिएका र जेठ ४ गते नै मृत्यु भएका बारा, कलैया उपमहानगरपालिका–७ निवासी एक ७० वर्षीय व्यक्तिमा कोभिड १९ सङ्क्रमणको आशङ्कामा पिसिआर जाँचको लागि स्वाब सङ्कलन गरिएको तर पिसिआर जाँचको रिपोर्ट नआउँदै दाहसंस्कार गर्न शव आफन्तको जिम्मा लगाइएको थियो । उक्त शब मृतकका आफन्तले सदगद समेत गरिसके पछि रिपोर्ट पोजिटिभ आएको थियो ।

सङ्घीय गृह मन्त्रालयमार्फत् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई यस घटनामा थप छानबिन एवम् कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गर्ने निर्णय कोभिड–१९ जिल्लास्थित सो केन्द्रले निर्णय गरेको हो ।

बैठकले मृतकको उक्त अस्पताललाई सिल गर्दै सम्पर्कमा आएका कलेजका चिकित्सक, स्वास्थ्यकर्मीलगायत सबै व्यक्तिलाई क्वारेन्टाइनमा राखी पिसिआर जाँच गराउने, मृतकलाई उपचार गरिएको वार्ड तथा अस्पतालको क्षेत्र सिल गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij