२०८३ साउन ९ शनिबार

जिल्लाभित्र जारी गरिएका सवारी पास पनि खारेज, अब गृहको अनुमतिमा मात्रै पास पाइने

ई आर्थिक    बिहिबार, जेष्ठ १ २०७७
3.5K
Shares
जिल्लाभित्र जारी गरिएका सवारी पास पनि खारेज, अब गृहको अनुमतिमा मात्रै पास पाइने

ई-आर्थिक, काठमाडौं । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुबाट जारी भएका सबै सवारी पास खारेज गरेको छ । जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ ।

गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास खारेज गर्ने निर्णय गरेको हो । मन्त्रालयले यसअघि जिल्ला बाहिरका लागि जारी गरिएका पासहरु बिहीबारबाट खारेज गरिसकेको छ ।

जेठ ३ गतेदेखि लागू हुने गरी सम्बन्धीत जिल्ला भित्र र बाहिर आवगमन गर्न दिइएका सवारी पास खारेज गरिएको हो।

अबदेखि लिइने पासहरु गृह मन्त्रालयको अनुमतिमा मात्रै जारी गरिने बताईएको छ । प्रेसको हकमा पनि सूचना विभागबाट जारी गरिएको पासबाट आवगमन दिइने जनाईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij