२०८३ साउन ९ शनिबार

सेयर बजार आजदेखि खुल्ने, दैनिक दुई घण्टा कारोबार हुने

ई आर्थिक    मंगलबार, बैशाख ३० २०७७
14.3K
Shares
सेयर बजार आजदेखि खुल्ने, दैनिक दुई घण्टा कारोबार हुने

ई-आर्थिक, काठमाडौं । लकडाउनका कारण डेढ महिनाभन्दा लामो समयदेखि बन्द रहेको सेयर बजार आजदेखि खुल्ने भएको छ । सरकारले गत चैत ११ गतेदेखि कोरोनाको संक्रमण बढ्न नदिन लकडाउनको घोषणा गरेसँगै दोस्रो बजार बन्द भएको थियो ।

कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर सरकारले गरेको लकडाउनका कारण बन्द भएको सेयर बजार मङ्गलबारदेखि नियमित सञ्चालनमा आउन लागेको हो ।

नियामक निकाय नेपाल धितोपत्र बोर्डले मङगलबारदेखि सेयर बजार पुनः सञ्चालनमा ल्याउन नेप्सेलाई निर्देशन दिएको थियो । बोर्डको निर्णयसँगै धितोपत्र बजार ५० औँ दिनमा खुल्न लागेको हो ।

बोर्डले दिएको जानकारी अनुसार अबको सेयर बजारको कारोबार दैनिक दुई घण्टा अर्थात बिहान ११ बजेदेखि १ बजेसम्म खुल्ने भएको छ ।

बोर्डका अनुसार प्रारम्भिक कारोवार सत्रमा मूल्य प्रविष्ट गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुनसक्ने र कारोबार आदेश प्रविष्ट गर्दा दुई प्रतिशतसम्म परिवर्तन हुनेसक्ने व्यवस्था गरी समग्रमा दिनको तीन प्रतिशतभन्दा बढी पविर्तन हुन नदिने व्यवस्था गरिएको छ ।

धितोपत्र बिक्रीको भुक्तानी अनिवार्य रुपमा आइपिएस वा विद्युतीय माध्यमबाट गर्नुपर्ने र आगामी साउनदेखि पूर्णरुपमा विद्युतीय माध्यम नै अवलम्बन गरिने भएको छ । नेप्से परिसूचक दुई प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गरिने बताइएको छ ।

वैशाख २४ गते बसेको नेपाल सरकारको निर्णय अनुसार बैंक, बिमा, वित्तीय संस्था तथा धितोपत्र आवश्यक सेवा प्रवाह गर्ने निर्णयअनुसार सेयर बजार खोल्न लागिएको बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij