२०८३ साउन १२ मंगलबार

महेश, किसान र सर्बेन्द्रलाई अपहरणको मुद्दा

ई आर्थिक    आइतबार, बैशाख १४ २०७७
13.8K
Shares
महेश, किसान र सर्बेन्द्रलाई अपहरणको मुद्दा

ई–आर्थिक, काठमाडौं । सत्तारुढ दलका सांसद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्बआईजीपी शैलेन्द्र खनालबिरुद्ध अपहरणको मुद्दा दर्ताको तयारी भएको छ । उनीहरुमाथि तत्कालीन समाजबादी पार्टी बिभाजनको लागि सिट संख्या पु¥याउन साँसद डा. सुरेन्द्र यादब अपहरणको आरोप छ । समाजबादी पार्टी र राजपा मिलेर गठन भएको जनता समाजबादी पार्टीले उनीहरुबिरुद्ध मुद्दा दर्ता गर्ने भएको हो ।

साँसद यादब अहिले उक्त पार्टीका नेता छन् । मुद्दा तयार पारेर जसपाका नेताहरु जिल्ला प्रहरी कार्यालय काठमाण्डौमा पुगेको बताइएको छ । प्रधानमन्त्री केपी ओली निकटको सांसदहरु यो प्रकरणमा जोडिएपछि नैतिक संकटमा परेका छन् भने नेकपामा उन्लाई राजीनामा गर्न दबाब बढेको छ । सांसद यादबले आफू इच्छाबिपरित प्रधानमन्त्रीसमेतको दबाबमा राजधानी आउनु परेको बिभिन्न सन्चार माध्यममा बताइसकेका छन् । यो प्रकरणले नेपालको राजनीति यतिबेला अत्यन्त दुर्गन्धित बन्नुको साथैे ०४८ सालको राजनीतिक घटनाको पुनराबृत्ति गरेको छ ।

अपराध संहितामा कुनै व्यक्तिलाई बल प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई, छलकपट गरी वा डरत्रासमा पारी, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई वा झुक्यानमा पारी वा नशालु पदार्थ वा मादक पदार्थ सेवन गराई वा कुनै व्यक्ति यात्रा गरी रहेको सवारी साधन कुनै किसिमले कब्जा वा नियन्त्रणमा लिई वा त्यस उपर कुनै किसिमले नियन्त्रण गरी निजलाई कुनै ठाउँमा लगेमा वा जान बाध्य गराएमा त्यो कार्य अपहरणको कसुरभित्र पर्ने ब्यबस्था गरेको छ ।

त्यसैगरी कसैले कुनै व्यक्तिलाई निजको मञ्जुरी विना वा बालबालिका र होस ठेगान नभएको व्यक्ति भए निजको आमा बाबु वा संरक्षकको मञ्जुरी विना बल प्रयोग गरी वा सोको धम्की दिई, डर त्रास देखाई, जोर जुलुम गरी, हातहतियार देखाई वा नदेखाई छलकपट गरी, झुक्यानमा पारी, नशालु वा मादक पदार्थ सेवन गराई, यातायातको साधन वा रहे बसेको ठाउँ कब्जा गरी वा नियन्त्रणमा लिई थुनामा वा नियन्त्रणमा राखेमा शरीर बन्धक लिएको मानिने अपराध संहितामा उल्लेख छ ।

सांसद यादबले जनकपुरवाट काठमाण्डौ रातारात ल्याईएको र नक्शाल स्थित मेरिट होटलमा राखिएको र २०७७ बैशाख ११ गते विहान अरुको आँखा छली भागी सुरेन्द्र यादव आफ्नो पार्टिको सम्पर्कमा आएको भन्ने संचार माध्यममा आएको छ । यस हिसाबले उनीहरुबिरुद्ध मुद्दा लाग्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij