२०८३ साउन १२ मंगलबार

नेकपामा प्रचण्ड उपेन्द्र यादबको हालतमा, केन्द्रीय कमिटिको ४० प्रतिशत पनि गुम्यो

ई आर्थिक    बुधबार, बैशाख १० २०७७
12K
Shares
नेकपामा प्रचण्ड उपेन्द्र यादबको हालतमा, केन्द्रीय कमिटिको ४० प्रतिशत पनि गुम्यो

ई–आर्थिक, काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले ‘कार्यकारी अध्यक्ष’ प्रचण्डलाई उपेन्द्र यादबको हालतमा पु¥याउने रणनीति अख्तियार गरेका छन् । सोमबार राजनीतिक दलसम्बन्धी बिद्यमान कानुनमा संशोधन गर्न नयाँ अध्यायदेश पारित गराएर ओलीले यस्तो दाउपेच चल्न लागेका हुन । अब प्रचण्ड नेकपामा न बसिरहनु न छाडेर जानुको अबस्थामा पुग्ने छन् ।

नेकपामा बसिरहदा पनि ओलीले उनको औचित्य समाप्त गरिदिएका छन् भने फुटर पनि राजनीतिक दलको हैसियत गुमाउने परिस्थिति निर्माण गरिदिएका छन् । दल बिभाजन हुदा उनको पक्षमा केन्द्रीय कमिटि र संसद कही पनि ४० प्रतिशत नपुग्ने अबस्था ओलीले सिर्जना गरिदिएका छन् । पूर्बमाओबादी समूहमा रहेका र संगठनमा राम्रो पकड रहेका रामबहादुर थापा (बादल) लाई ओलीले प्रचण्डबाट खोसेका छन् ।

बादल प्रचण्डसँग हुदा मात्र केन्द्रीय कमिटिमा उनको ४० प्रतिशत पुग्थ्यो । ओलीको भित्री मनसाय प्रचण्डले छाडेर जाउन भन्ने रहेको ओली निकट स्रोतले बताएको छ । त्यसैले पार्टीभित्र ओलीले प्रचण्डको अब कुनै सुनुवाई नहुने संकेत गरिसकेका छन् । यो भनेको अब ओलीले एकलौटीढंगले सरकार सन्चालन गर्नेछन् ।

हिजो कतिपय काम ओलीले प्रचण्डसँगको सहमतिमा गर्दै आएकोमा अब त्यसको आवश्यक नहुने स्रोत बताउँछ । यसो गरेर ओलीले प्रचण्डको आत्मसम्मानमा ठेस पु¥याउने र औचित्य नभएको सन्देश दिन खोज्ने छन् । यसबाट प्रचण्ड बहिर्गमन हुन सक्ने ओली र उनी निकट नेताहरुले अनुमान गरेका छन् ।

पार्टी एकता गर्नु गल्ती भएको निस्कर्षमा पुगेका ओली र उनको समूहले अब प्रचण्ड र पूर्बमाओबादी समूह ९बादल र उनी निकटबाहेक० लाई बिस्तारै किनारा लगाउने र सीमान्तकृत बनाउँदै बहिगर्मनतिर धकेल्ने रणनीति अंगीकार गर्ने बताइएको छ । केही समयपछि नै मधेसबादी दलहरुलाई पनि फुटाएर ओलीले १२ देखि १५ जना साँसद नेकपामा भित्र्याउने तयारी गरेका छन् । यिनीहरु आउँदा प्रचण्ड नभए पनि संसदमा ओली सरकारको बहुमत पुग्ने तयारी गरिएको छ । तर यसमा नेता माधब नेपालले भने ओलीलाई साथ दिन आवश्यक छ । जहिले पनि प्रचण्डले प्रधानमन्त्रीको कुर्सीमा नै बार्गेनिङ गरेर आफूलाई मानसिक दबाबमा राखेको ओलीले बताउँदै आएका थिए ।

प्रचण्डले कार्यकारी अध्यक्ष दिदासमेत चित्त नबुझाएर झन–झन बार्गेनिङ गर्न थालेको ओलीको बुझाई थियो । पछिल्लो पटक सर्बदलीय संयन्त्रको कार्ड फालेर प्रचण्डले नयाँ कोणबाट निहुँ खोजेको ओलीको बुझाई छ । प्रचण्डमा केन्द्रीय कमिटिमा रहेको ४२ प्रतिशतको दम्भ भएको ओलीले बुझेका थिए । यसबाट दीर्घकालीनरुपमा छुटकारा पाउन ओलीले प्रचण्डलाई भित्तैमा पु¥याउने गरी पेल्ने र पार्टी छाड्नेसम्मको बाताबरण निर्माण गर्ने सोच बनाएको देखिन्छ । उता पारित नयाँ अध्यायदेशमार्फत राजनीतिक दल बिभाजन हुनलाई केन्द्रीय कमिटिमा र संसदीय दल दुबैमा ४० प्रतिशत हुनुपर्ने ब्यबस्थालाई संशोधन गरेर ओलीले आफूलाई बलियो बनाएका छन् ।

४४६ सदस्यीय केन्द्रीय कमिटिमा पूर्बएमालेको ५८ प्रतिशत छ । जसमा ओलीको २९ प्रतिशत मात्र थियो । माधब नेपालसँग २४ प्रतिशत छ भने बामदेब गौतम झलनाथ खनालसँग ५ प्रतिशत छ । पूर्बमाओबादीको एकढिक्का हुदा उसको केन्द्रीय कमिटिमा ४२ प्रतिशत हुन्छ । यसरी केन्द्रीय कमिटिमा अल्पमतमा परेकाले ओली अप्ठ्यारोमा थिए । अब यो अप्ठ्यारो फुकेको छ ।

संबैधानिक रुपमा परेको आफ्नो अप्ठ्यारोलाई फुकाएर ओलीले प्रचण्डलाई कमजोर बनाउने रणनीति बनाए । जस अनुसार ओली समूहले पूर्बएमालेमा एकगठ बनाउने र पूर्बमाओबादीलाई फुटाउने मूल रणनीति तय गरियो ।

पूर्बएमालेमा पनि माधब नेपाल समूहलाई आफैसँग राख्ने नीति ओलीले अख्तियार गरेको देखिन्छ । पूर्बमाओबादी समूहबाट ओलीले रामबहादुर थापालाई आफूसँग मिलाउन सफल भएको देखिएको छ । उनी ओली नेत्तृत्व सरकारको गृहमन्त्री हुन । उनीसँग केन्द्रीय सदस्य ३९ जना छन् भने संसदमा १३ सदस्य छन् । यस हिसाबले प्रचण्डले केन्द्रीय कमिटिबाट ४० प्रतिशत पनि गुमाएका छन् । उता २७५ सदस्यीय संसदमा पूर्बएमालेको १२१ सदस्य अर्थात ४४ प्रतिशत छ । जसमा ओलीसँग मात्र ६५ जना सांसद रहेका छन् ।

संसदमा पूर्बमाओबादीका ५३ जना अर्थात ३० प्रतिशत मात्र छ । यसमा पनि बादलसँग रहेका संख्या घटाउँदा संसदमा प्रचण्डको २३ प्रतिशत मात्र हुन आउँछ । नेकपाका १७४ साँसदमध्ये संसदमा ओलीसंग एक्लै ३८ प्रतिशत छ । माधब, झलनाथ र बामदेबले साथ नदिदा पनि बादल समूह, घनश्याम र योगेश गरेर ओली एक्लैले संसदीय दलमा ४० प्रतिशत पु¥याएका छन् । प्रचण्डको निरन्तर चलखेलले आफू पार्टी र संसदमा अल्पमतमा परेपछि ओली प्रचण्डबिरुद्ध कुनै कदम चाल्ने रणनीतिमा थिए ।

लकडाउनले फुर्सदिलो बनेका ओली र उनी निकटले केन्द्रीय कमिटी र संसदीय दलमा कसरी पकड कायम गर्ने भन्ने अंकगणीय जोडघटाउ गर्न उचित मौका पनि मिल्यो । तर यो ओलीको लागि नै ‘ब्याकफायर’ हुने संभाबना उत्तिकै छ । प्रचण्डले माधब, झलनाथ र बामदेबलाई मिलाउन सके भने ओलीको अहिलेको गणितको कुनै अर्थ रहने छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij