२०८३ साउन १२ मंगलबार

नेपालमा एकैदिन थप १४ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो

ई आर्थिक    शुक्रबार, बैशाख ५ २०७७
6.7K
Shares
नेपालमा एकैदिन थप १४ जनामा देखियो कोरोना संक्रमण, संक्रमितको संख्या ३० पुग्यो

ई–आर्थिक, काठमाडौं । नेपालमा एकैदिन १४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । उदयपुरमा १२ जना र चितवनमा दुईमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ ।

शुक्रबार थपिएका मध्ये १२ जना उदयपुरमा छन् । उनीहरु मध्य आठ जना भारतीय नागरिक हुन् । संक्रमण पुष्टि भएकामाहरु सबै जना पुरुष नै छन्। उनीहरुको उमेर ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्ष रहेको छ।

यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका-८ का आमा छोरा हुन् । ६३ वर्षीया महिला र उनका २७ वर्षीय छोरा चैत ३ गते बेलायतबाट कतार एयरवेज हुँदै नेपाल आएका थिए ।

३० जनामध्ये पहिलो संक्रमित भने निको भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij