२०८३ साउन १२ मंगलबार

लम्बियो लकडाउनको समयावधि, उल्लघन गर्नेलाई कडा कारबाही गर्ने सरकारको निर्णय

ई आर्थिक    आइतबार, चैत्र १६ २०७६
4.7K
Shares
लम्बियो लकडाउनको समयावधि, उल्लघन गर्नेलाई कडा कारबाही गर्ने सरकारको निर्णय

ई आर्थिक, काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै लकडाउनको समयावधि लम्ब्याएको छ। आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले थप एक हप्ता अर्थात चैत २५ गतेसम्मका लागि लकडाउन थप्ने गर्ने निर्णय गरेको हो।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी ७ देखि १४ दिनसम्म लकडाउनको समायावधी थप्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको थियो।

सरकारले कोरोना भाइरसको संक्रमणको जोखिम रहेको भन्दै गत चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेदेखि सम्म लकडाउन गरेको छ।सो लकडाउनको समयावधि सकिँएपछि पनि थप एक हप्ता अर्थात चैत २५ गते बिहान ६ बजेसम्मका लागि लकडाउन हुनेछ । साथै उल्लघन गर्नेलाई कडा भन्दा कडा कारबाही गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij