ई–आर्थिक, काठमाडौं । नोटबाट कोरोना भाईरस संक्रमण हुनसक्ने भन्दै विद्युतीय कारोवार गर्न वित्तीय संस्थाका छाता संस्थाहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।
कोरोना भाइरस संक्रमणको त्रास बढेसँगै बैंकर्सहरुले सकेसम्म नगद कारोबार नगर्न एक विज्ञप्तीमार्फत सर्वसाधारणलाई आग्रह गरेका हुन् ।
बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैकर्स संघ, विकास बैंकहरुको संगठन डेभलपमेन्ट बैकर्स एसोशिएसन र फाइनान्स कम्पनीहरुको संगठन नेपाल वित्तीय संस्था संघले संयुक्त रुपमा विज्ञप्ती जारी गरी नोटको सट्टा विद्युतिय कारोबार गर्न आग्रह गरेको गरेका हुन ।
‘कोरोना संक्रमण हुनसक्ने एक माध्यम नोटहरुपनि हुनसक्ने देखिएकाले सम्भव भएसम्म नोट कारोबारको सट्टा कार्ड र विद्युतिय कारोबारको माध्यम प्रयोग गर्नहुन सबैमा अनुरोध गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ।
