२०८३ भाद्र ३१ बुधबार

सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न

ई आर्थिक    आइतबार, फाल्गुन ४ २०७६
8.9K
Shares
सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा बास्केटबल प्रतियोगिता सम्पन्न

ई–आर्थिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको सहयोग र क्वेष्ट इन्टरनेशनल कलेजको आयोजनामा नारायणप्रसाद स्मृती बास्केटबल प्रतियोगिता २०७६ सम्पन्न भएको छ । खेलकुदको विकासमा सहयोग गर्दै आइरहेको साँग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा भएको बास्केटबल प्रतियोगितामा काठमाडौंका विभिन्न कलेजहरूको सहभागिता रहेको थियो ।

क्वेष्ट इन्टरनेशनल कलेजको प्रांगणमा सम्पन्न बास्केटबल प्रतियोगितामा महिलातर्फ प्रथम साईपल कलेज, दोस्रोमा रिलायन्स इन्टरनेशनल एकेडेमी भएका थिए । त्यसैगरी पुरुषतर्फ प्रथममा सीसीआरसी कलेज र दोस्रोमा ओमेगा कलेज भएका थिए । बास्केटबल प्रतियोगिताका बिजेताहरुलाई सांग्रिला डेभलपमेन्ट बैंकका संचालक श्रीमती लिसा शेरचनले पुरस्कार वितरण गर्नु भएको थियो ।

यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९१ शाखा कार्यालयहरुबाट आफ्नो आवश्यकता अनुसार विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij