२०८३ साउन ११ सोमबार

सांग्रिला डेभलपमेन्ट बैंकले स्वराज मज्दा गाडीमा कर्जा लगानी गर्ने

ई आर्थिक    बिहिबार, असोज २२ २०७७
7.5K
Shares
सांग्रिला डेभलपमेन्ट बैंकले स्वराज मज्दा गाडीमा कर्जा लगानी गर्ने

ई–आर्थिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र लक्ष्मी कमर्सियल भेहिकल्स प्रालिबीच गाडी खरिदका लागि कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा साँग्रिला डेभलपमेन्टका बैंकका कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र लक्ष्मी कमर्सियलका कार्यकारी निर्देशक निराकर श्रेष्ठले हस्ताक्षर गरेको छन् ।

उक्त सम्झौता अनुसार बैंकले स्वराज मज्दा (एसएमएल) ब्रान्डको कमर्सियल गाडीको आधिकारीक बिक्रेता लक्ष्मी कमर्सियलबाट नयाँ गाडी किन्ने ग्राहकलाई १२.५ प्रतिशत ब्याजमा गाडीको मूल्यको अधिकतम ७५ प्रतिशतसम्म कर्जा दिने बैंकको विज्ञप्तिमा उल्लेख छ ।

उक्त सुविधा बैंकका देशभरका शाखाबाट लिन सकिने भएको छ । आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएको बैंकले ९१ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij