ई–आर्थिक, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई सेमी फोल्डिङ बेड, नर्मल ह्वील चेयर र आईभी स्ट्याण्ड सहयोग गरेको छ ।
स्वास्थ्य प्रतिष्ठानको कार्यालय कोहलपुर–९, झण्डहवा गाँउ, बाँकेमा बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द्रबहादुर खड्काका साथ अन्य कर्मचारीको उपस्थितिमा निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।