२०८३ साउन १२ मंगलबार

धनुषामा शक्तिशाली बम विस्फोट, प्रहरीका इन्सपेक्टरसहित ३ जनाको मृत्यु

ई आर्थिक    शनिबार, मंसिर २८ २०७६
8.4K
Shares
धनुषामा शक्तिशाली बम विस्फोट, प्रहरीका इन्सपेक्टरसहित ३ जनाको मृत्यु

ई–आर्थिक, काठमाडौँ । धनुषाको छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिकै शक्तिशाली बम विष्फोट भएको छ । उक्त बम विष्फोट हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) अमिर कुमार दाहालसहित ३ जनाको ज्यान गएको छ। उक्त विस्फोटमा परी अन्य ५ जना घाईते भएका छन् ।

विस्फोटमा परी कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको उपचारका क्रममा मृत्यु भएको हो । विस्फोटमा परी गम्भीर घाईते भएका प्रहरी निरीक्षक दाहालको शनिबार बिहान अस्पतालले मृत घोषणा गरेको हो।

मृत्यु हुनेमा महेन्द्रनगर बजार नजिकै रहेको कुचाइ टोलका राजेश साह र उनका छोरा आनन्द शाह रहेका छन् । शाहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट तीन जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त विस्फोट कसले र किन गराएको हो भन्ने बारे अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij