२०८३ साउन १० आइतबार

धितोपत्रको अध्यक्षमा राष्ट्रपतिको मान्छेकै बढी संभाबना

ई आर्थिक    सोमबार, मंसिर २३ २०७६
24.9K
Shares
धितोपत्रको अध्यक्षमा राष्ट्रपतिको मान्छेकै बढी संभाबना

ई–आर्थिक, मंसिर, काठमाडौं : रिक्त रहेको नेपाल धितोपत्र बोर्डको अध्यक्षमा बाजी मार्न राष्ट्रपतिदेखि, प्रधानमन्त्री, अर्थमन्त्री र नेकपाको उच्च नेताहरुको घरमा घरदैलो सुरु भएको छ । छनोट समितिमा निबेदन दिएका उम्मेद्वारहरु अहिले आ–आफ्नो पक्षमा यसरी लबिङ गर्न थालेका हुन । छनोट समितिमा ८ जनाले आवेदन दिएका छन् ।

आठ जनामध्ये भीष्म ढुंगाना सबैभन्दा बलियो उम्मेद्वार मानिएका छन् । उनी नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन । उनको राष्ट्रपति विद्यादेवी भण्डारीसँग पारिबारिक सम्बन्ध रहेको बताइन्छ । सेवा निबृत ढुँगानालाई राष्ट्रपतिले नै धितोपत्र बोर्डको अध्यक्ष बनाउन चाहेपछि त्यसका लागि सजिलो बनाउन सरकारले बोर्डको सञ्चालक समिति सदस्य नियुक्त गरेको थियो ।

सितल निबासले प्रधानमन्त्री र अर्थमन्त्रीलाई यस सम्बन्धमा सल्लाह गरिसकेको बताइएको छ । तर यसका लागि प्रक्रिया भने पुरा गर्नै पर्ने हुन्छ । अब ८ जनामध्ये छनोट समितिले ३ जनाको नाम सर्टलिष्ट गर्ने छ । सर्टलिष्टमा परेकामध्ये एक जनालाई सरकारले अध्यक्षमा नियुक्त गर्ने छ । सरकारले अध्यक्ष नियुक्ति खुला प्रतिष्पर्धाबाट गर्ने भन्दै राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो ।

अधिकाँश नेकपा निकटहरुले आवेदन दिएका छन् । अध्यक्षको लागि निबेदन दिनेहरुमा बोर्डकै वर्तमान कार्यकारी निर्देशक निरज गिरी, उपकार्यकारी निर्देशक नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका पूर्वप्रमुख सीताराम थपलिया, धितोपत्र बोर्डकै पूर्वसञ्चालक नीलसार मगर र ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष नरेन्द्र सिँजापतिसमेत छन् ।

बोर्डका उपकार्यकारी निर्देशक नवराज अधिकारी पनि नेकपा निकट र अनुभबी दुबै भएकाले निकै बलियो उम्मेद्वार मानिएका छन् । सबभन्दा बढी लबिङ उनैले गरिरहेको स्रोतले बताएको छ । अनुभवका आधारमा गिरी, अधिकारी, बोर्डका पूर्वसदस्य र नेप्सेका पूर्वमहाप्रबन्धक थपलियासमेत बलिया दाबेदार हुन् । यद्यपि ढुँगाना नै अध्यक्ष हुने संभाबना नै बढी छ । राष्ट्रपतिले चाहेपछि कुनै पनि ब्यक्तिलाई सरकारले हुन्न भनेको आजसम्म रेकर्ड छैन । त्यसो त ढुँगाना योग्य ब्यक्ति पनि हुन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij