२०८३ साउन ९ शनिबार

सूर्योदय र त्रिलोक लघुवित्त मर्जको अन्तिम चरणमा

ई आर्थिक    शुक्रबार, मंसिर १३ २०७६
7.4K
Shares
सूर्योदय र त्रिलोक लघुवित्त मर्जको अन्तिम चरणमा

ई–आर्थिक, काठमाडौं । स्याङ्जास्थित सूर्योदय लघुवित्त वित्तीय संस्था र नवलपरासीस्थित त्रिलोक लघुवित्त वित्तीय संस्थाको मर्जरको घोषणा आगामी पुस ५ गते हुने भएको छ । दुवै संस्थाको पुस ५ गते हुने साधारणसभाबाट दुई संस्था एक भएको घोषणा हुने छ ।

आपसमा एक बराबर ०.९७ को अनुपातमा गाभिने सहमति भइसकेको छ । मर्जरपछि त्रिलोकका सबै कारोबार सूर्योदयका नामबाट हुने भएको छ । सूर्योदय लघुवित्तले चुक्ता पुँजीको ४४.४७ प्रतिशत बोनस शेयर दिने भएको छ।

बोनस शेयरपछि संस्थाको पुँजी १५ करोड ५९ लाख रूपैयाँ हुने छ । सूर्योदयको चुक्ता पुँजी २१ करोड ५० लाख रुपैयाँ कायम हुनेछ । मर्जरपछि कायम भएको पुँजीको सतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी छ । हकप्रद शेयरपछि संस्थाको पुँजी ४३ करोड ८५ हजार रूपैयाँ पु¥याउने बताइएको छ ।

मर्जरपछि संस्थाको केन्द्रीय कार्यालय पोखरामा हुने छ । सूर्योदयको मुख्यालय अहिले स्याङ्जाको पुतलीबजार र त्रिलोकको नवलपरासीको सुनवलमा छ । सूर्योदयमा अहिले भएका सबै सञ्चालक हट्ने छन् । बाँकी कार्यकालका नयाँ सञ्चालक समिति गठन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij