ई–आर्थिक, काठमाडौं । आर्ईएमईले पर्ब लक्षित गरी ल्याएको ‘दशैमा डबलको डबलको डबल’ अफरको बम्पर बिजेता मलेसियाबाट पैसा पठाउँने खात्वे विरेन्द्र खाङ विजेता भएका छन् ।
राजधानीमा आयोजित बिशेष समारोहका बिच सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत उनी बिजेता छनोट भएका हुन ।
बिजेताले खाङले मलेसियाबाट ५९ हजार ७३२ रुपैयाँ पठाएका थिए । उनले मलेसियाबाट सप्तरीकी सावित्री देवी मण्डललाई उक्त रकम पठाएका थिए ।
सेवाग्राही खाङले आफूले पठाएको रकमको डबलको डबलको डबल अर्थात आठ गुणा हुन आउने रकम ४ लाख ७७ हजार ८५६ प्राप्त गरेका थिए ।
आइएमई गु्रपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र ब्राण्ड एम्बासडर दीपक राज गिरीले संयुक्त रुपमा स्टार्ट बटम क्लिक गरी बिजेता छनोट गरेका थिए ।
लक्की ड्र मार्फत बम्पर बिजेता घोषणा गरिएको उक्त कार्यक्रममा मन्तब्य दिदै आइएमई गु्रपका अध्यक्ष ढकालले आइएमईले बिदेशमा बसेर आर्जन गरेको पुँजीलाई बैकिङ सन्जालमार्फत देशमा भित्र्याउन यस्ता योजनाहरु ल्याउने गरेको बताए । यस्ता पर्ब लक्षित योजनाहरुले देशको समग्र अर्थतन्त्र, सेवाग्राही तथा कम्पनीलाई समेत फाइदा पुगेको उनले बताए । यस्ता योजनाले सेवाग्राही तथा कम्पनी बिचको सम्बन्धलाई थप मजबुद बनाउने बताउँदै आगामी दिनमा पनि यस्ता योजनाहरु ल्याउने प्रतिबद्धता उनले ब्यक्त गरे । सबैको मायाँ र सद्भावले आईएमई देशको नम्बर वान रेमिटान्स कम्पनी भएको स्मरण गर्दै उनले आईएमई रेमिटान्सको पयार्यबाची भएको कार्यक्रममा बताए ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले हरेक बर्ष चाडपर्बलाई लक्षित गर्दै आईएमईले ल्याउने स्कीममा आमसेवाग्राहीहरुको उल्लेख्य सहभागिता रहेको बताउँदै यस बर्ष त्यो सहभागिता झनै बढेको बताए ।
त्यस्तै आइएमईका ब्रान्ड एम्बासडर दिपकराज गिरीले आईएमई र यसका सेवाग्राहीहरुबीचको प्रगाढ सम्बन्धले नै आईएमईलाई एक सफल ब्यबसायिक ब्राण्ड बनाएको उल्लेख गर्दै यो दशैमा आइएमईले ल्याएको खुसीलाई डबलको डबलको डबल स्कीमले थप प्रगाढ बनाउन सफल भएको बताए । कार्यक्रममा उनले आफ्नो चलचित्र छ माया छपक्कै सफल हुनुमा आईएमईको ठूलो भूमिका रहेको पनि बताए ।
७७ दिनको योजना अबधिमा दैनिक लक्की ड्र मार्फत ११ हजार ९३१, साप्ताहिक लक्की ड्र मार्फत २२ जना, मासिक लक्की ड्र मार्फत ४ र बम्पर लक्की ड्र मार्फत १ जना सेवाग्राही लाभान्वित हुने व्यवस्था कम्पनीले गरेको थियो ।
आईएमईले गत भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म कायम हुनेगरी ७७ दिनको लागि सेवाग्राहीमुखी उक्त अफर सार्बजनिक गरेको थियो । अफर अनुसार हरेक दिन आइएमई पे मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिचार्ड प्वाइन्ट, हरेक हप्ता दुई जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल हरेक महिना दुई, जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबल तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डबलको डबलको डबलसम्म रकम पुरस्कार स्वरुप प्रदान गर्ने योजना ल्याएको थियो ।
अफर अबधिमा भाग्यशाली बिजेता छनोटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरु निर्धारण गरेको थियो । सेवा र शर्त अनुसार भाग्यशाली बिजेता छनोट प्रबिधिमा आधारित लक्की ड्र मार्फत गरिनेछ । योजना अबधिमा स्वदेश तथा बिदेशबाट पैसा पठाउने सबै सेवाग्राहीहरु स्वतः भाग्यमानी हुने भए अनुसार खाङ भाग्यशाली ग्राहक बनेका छन् ।
आईएमईका संस्थापक, आईएमईग्रुपमा कार्यरत कर्मचारीहरु, आईएमईका व्यवसायिक साझेदार तथा आईएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने व्यवस्था गरिएको थियो । सेवाग्राहीहरुले आईएमईको जुनसुकै एजेन्ट सञ्जालमार्फत रेमिटान्स कारोवार गरेकोे भौचरको सक्कल प्रति योजना घोषणा अवधिसम्म सुरक्षित राख्नु पर्ने व्यवस्था गरेको थियो ।
छनौटमा परेको विजेताको सिफारिसमा नेपालमा बस्नुहुने आफन्तलाई पुरस्कार रकम प्रदान गरिने आईएमईका प्रबन्धक राजु पौडेलले जानकारी दिए ।
आईएमई नेपालका नम्बर १ रेमिटान्स कम्पनीको रुपमा स्थापित रहेको छ । यस कम्पनीले स्थापनाकालदेखि नै रेमिटान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्ध सेवा प्रदान गर्दै आएको छ । यो कम्पनीले सेवा सुभाराम्भ गरेको १९ औं बर्ष भइसकेको छ । यस अवधिमा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २०२ आईएमई सेन्टर सहित ७७ जिल्लाका करिब १० हजार सब एजेन्ट र बैंक तथा वित्तीय शाखा मार्फत देश विदेशमा छिटो छरितो विश्वसनीय र सुरक्षित तबरबाट सेवा दिंदै आइरहेको छ ।
त्यस्तै आईएमई ग्रुप अन्तर्गतको आईएमईपेले करिब २१ हजार एजेन्ट आउटलेट सञ्जाल विस्तार गरी सेवा प्रदान गर्दै आएको पनि कार्यक्रममा जानकारी दिइयो ।