काठमाडौं । भारतीय व्यबसायी तथा अर्बपति मुकेश अम्बानीको रिलायन्स इण्डष्ट्रिज कम्पनीले एक महिनाको अवधिमा एक लाख करोड बजार मूल्य वृद्धि गरी तहल्का मच्चाएको छ । यो भारतीय शेयर बजारमा नयाँ रेकर्ड हो ।
रिलायन्स इण्डष्ट्रिजले बिहीबार मार्केट क्याप १० लाख करोड भारु पार गरेर भारतीय शेयर बजारमा नयाँ रेकर्ड कायम गरेको हो । बिहिबार कम्पनीको प्रतिशेयर १५७९ भारुमा कारोबार भएको थियो । यसले कम्पनीको कुल बजार मूल्य १० लाख करोड भारु नघायो । साथै यति धैरै मार्केट क्याप पु¥याउने पहिलो भारतीय कम्पनी बन्न पनि सफल भयो।
अम्बानीको कम्पनी रिलायन्सपछि टाटा कन्सटेन्सी सर्भिस दोस्रो स्थानमा पर्न सफल भएको छ । जसको कुल बजार मुल्य ७.८१ लाख करोड भारु रहेको छ । कम्पनीले एक महिनाको अवधिमा एक लाख करोड बजार मूल्य वृद्धि गरेको छ।
त्यस्तै ६.९६ लाख करोड भारु कमाउँदै एचडीएफसी बैंक तेस्रो स्थानमा रहेको छ, भने त्यस्तै हिस्दुतान युनिलिभर कम्पनी चौथो र एचडीएफसी कम्पनी पाँचौ स्थानमा रहेका छन् । जसको कुल बजार मूल्य क्रमशस् ४.५० लाख करोड भारु र ४ लाख करोड भारु रहेको पनि भारतीय समाचार एजेन्सीले जनाएका छन् ।