विश्व बैंकले भन्यो ‘नेपालमा विद्युत् पहुँचको गुणस्तरमा उल्लेखनीय प्रगति’
ई–आर्थिक, काठमाडौं । ऊर्जा विज्ञ तथा सरोकारवालाहरुले नेपालको विद्युत्को आन्तरिक तथा बाह्य बजारको सम्भावना उच्च रहेको बताउँदै उचित समन्वयका साथ उपयोगमा ल्याउन सकिने औल्याएका छन् ।
विहीबार राजधानीमा सुरु भएको पावर समिट–१९को कनेक्टिभिटी एण्ड मार्केटस फर नेपालको सत्रमा सहभागी वक्ताहरुले बीबीआईन मुलुकबीच सहकार्य र नेपालको आन्तरिक बजारमै उपयुक्त पहुँच विस्तार गर्न आवश्यक देखिएको औल्याएका हुन् ।
ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले जलविद्युत् क्षेत्रमा नेपालले ठूलो प्रगति गरिरहेको वताउँदै यो क्षेत्रमा भएको लगानीको प्रतिफल सुनिश्चिता, थप लगानी र समग्र अर्थतन्त्रको विस्तार गर्न सरकार बजार खोजी तथा विस्तारलाई तिव्रता दिएको बताए । आउँदो वर्षातदेखि नै विद्युत् सरप्लस हुँदैछ,” उनले भने, “भारत बँगलादेश चिनजस्ता छिमेकी मुलुकमा विद्युत विक्री गर्ने तथा स्वदेशमा घसायसी तथा औद्योगिक प्रयोजनमा विद्युत् खपत बढाउने काम अझै तीव्रता दिनु पर्छ ।” आन्तरिक माग पुरा भएपछि मात्र नियार्त गर्ने नीति सरकारको रहेको उनको भनाई थियो ।”
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै लगानी बोर्डका कार्यकारी निर्देशक महाप्रसाद अधिकारीले नेपाली विद्युत्को बजार वृहद रहेको तर अझै पहिचान हुनै बाँकी रहेको बताए । एलपी ग्यास विस्थापनबाट घरायसी खपत बढाउन सकिने, पूर्वाधार विकासले तिव्रता पाउँदा नयाँ नया बजार सृजना समेत हुने उनको भनाई थियो । “दक्षिण एसिया हाम्रो विद्युत्को बृहद बजार हो,” उनले भने “ विद्युत् क्रेता विक्रेता बीच विन विनको अवस्था आउँदा यो क्षेत्रको समग्र अर्थतन्त्र नै लाभान्वित हुने र गति लिने अवस्था हुन्छ ।” अधिकारीले नेपालको जलविद्युत्को क्षेत्रमा प्रत्यक्ष बैदेशिक लगानी उच्च रहेको जानकारी दिए । लगानी विस्तारका लागि विद्युत् खरिद विक्री प्रद्धति लचक हुनुपर्ने, धेरै सर्तहरु राख्न नहुने सुझाव दिए । “आन्तरिक तथा “अन्तरदेशीय प्रसारणलाईन विस्तार तथा अन्य प्रविधि उपयोगलाई तिव्रता दिने र विनाअवरोध विद्युत् कारोबार हुने वतावरण बनाएर अपार बजारमा नेपाली विद्युत् प्रयोग हुनेछ,” उनले भने ।

इसिमोडका जल तथा ऊर्जा नीति सल्लाहकार डा. रमेश आनन्द वैद्यले बँगलादेश, भुटान, भारत नेपाल(बीबीआईएन)मा इनर्जी मिक्सको आवश्यकता रहेको र त्यसका लागि नेपालको विद्युत् उपयुक्त देखिएको भनाई राखे । सौर्य ऊर्जा प्रणाली सस्तो हुँदै गएको विषयलाई चुनौतिपूर्ण मान्नु पर्ने अवस्था भने नभएको उहाँको भनाइ थियो । भारतले सन् २०२२ सम्ममा १६० गिगावाट आवर विद्युत् सौर्य ऊर्जा प्रणालीबाट उत्पादन गर्न लागेको बताउँदै उनले भने, “ प्रणाली स्थिरताका लागि पुन जलविद्युत् चाहिन्छ । उपयुक्त संयोजनका लागि नेपालको संस्थागत संरचना बलियो हुनुपर्छ ।”
ऊर्जा विज्ञ प्राध्यापक अमृतमान नकर्मीले नेपालको आन्तरिक वितरण प्रणाली सुधार गर्न सके विदेशी बजार खोज्नै नपर्ने प्रष्ट पारे । “नेपालको प्रतिव्यक्ति ऊर्जा खपत अत्यन्तै न्युन रहकाले आर्थिक समृद्धिका लागि पनि देशभित्रै खपत बढाउनुपर्छ,” उनले भने, “खाना पकाउने ग्यास विस्थापन गर्ने हो भने अहिले नै एकहजार मेगावाटको बजार छ, १० वर्षमा साढे पाँच हजार मेगावाट चाहिन्छ ।” ग्राहस्थ उपभोक्ता स्वदेशी विद्युत् प्रयोग गर्न चाहेर नपाएको भन्दै आलोचना गर्नुभएको थियो । इन्डक्सन चुलो चलाउन १५ एम्पेयरको एमसीबी चाहिन्छ । नकर्मीका अनुसार ७० प्रतिशत ग्राहकलाई पाँच एम्पियरको पहुँच दिइएको छ । त्यस्ता ग्राहकले चाहेर पनि इन्डक्सन बाल्न पाउनु नपाएको बताए । व्यापार घाटाको मुख्य कारण पेट्रोलियम आयात घटाउन र नेपालको अर्थतन्त्रलाइ मजवुद बनाउन आन्तरिक खपत विस्तार नै उपयुक्त विकल्प रहेको उनको भनाई थियो ।
डाल्मा हिमालय इनर्जीका प्रबन्ध निर्देशक डा. सन्दिप शाहले सौर्य ऊर्जा र जलविद्युत्लाई परिपुरक रुपमा हेर्नु पर्ने सुझाव दिए । एनले भने, “शुख्खा याममा जलविदुत् उत्पादन घटने शौय बढने तथा बर्षातमा सौर्य घटने र जलविद्युत् उत्पादन घटने भएकाले दुवैले एक अर्काको परिपूरण गर्छन ।” यसबाहेक पिक डिमान्डलाई पनि व्यवस्थापन गर्न सकिने तर्क उहाँले राख्नु भयो । दिनभर प्यानलले ब्याट्रि चार्ज गर्ने, साँझ बजारमा आपूर्ति गर्ने र राती भने जलविद्युत्ले त्यसलाई चार्ज गर्ने व्यवस्था गरे विहानको डिमान्ड पनि ब्यवस्थापन हुनेछ ।’
नेपालमा विद्युत् पहुँचको गुणस्तरमा उल्लेखनीय प्रगति : विश्व बैंक

नेपालमा विद्युत् पहुँचको गुुणस्तरमा उल्लेखनीय प्रगति भएको छ । नेपालका सयमध्ये ९५ घरधुरीले विद्युतको पहुँच पाएका छन, जबकि १०० मध्ये विश्वसनीय घरमा दिनको एक महत्वपूर्ण भागका लागि भरपर्दो, किफायती र निर्बाध पहुँच छ । यसले विगतमा उल्लेखनीय प्रगति देखाउँदछ ।
सर्वेक्षणका अनुसार विद्युत् पहुँचको गुणस्तरमा प्रगति भए पनि १०० मध्ये ७० परिवारले काठमाडौं र अन्य प्रदूषणकारी र हानिकारक इन्धनलाई खाना पकाउनमा प्रयोग गरिरहेछन् ।
‘नेपालका प्रत्येक व्यक्तिलाई उच्चस्तरीय उर्जा सेवाहरूको पहुँच प्रदान गर्नु सरकारको उच्च प्राथमिकताहरूमध्ये एक हो । सन् २००२ अन’सार हामी १००५ उर्जा पहुँचका लागि काम गर्दैछौं ।’ ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले भने ।
करिब ६७ प्रतिशत घरपरिवारले दिनको कम्तिमा आठ घण्टा बिजुलीमा अविरल पहुँच पाएका थिए । जहाँ, प्रशंसक, टेलिभिजन जस्ता घरेलु उपकरणहरू प्रयोग गर्न सस्तो, भरपर्दो र अनुकूल छ । समग्रमा ७१.७ प्रतिशत घरपरिवारले राष्ट्रिय ग्रिडबाट बिजुली लिएका थिए भने २३ प्रतिशतले ग्रिडबाट माइक्रो वा मिनी हाइड्रो र सौर्य ऊर्जा जडान गरेका थिए ।
“२०१७ को सर्वेक्षण पछि, नेपालले ग्रिड विद्युतीकरण जनसंख्या ७२ देखि ७८ सम्म बढाउँदै थप प्रगति गर्यो। सन् २०१८ देखि मुलुकमा लोडसेडि निःशुल्क हुँदै आएको छ । हामी नेपालले गरेका यी उपलब्धीहरू मनाउँछौं र प्रकाश र सफा कुकिङका लागि ऊर्जा सेवाको गुणस्तर सुधार गर्न र नेपालका जनताको जीवनलाई अझ राम्रो बनाउन सरकारसँग साझेदार भएकोमा हामी गर्व गर्दछौं।’, नेपालका लागि विश्व बैंक कन्ट्री म्यानेजर फरिस एच. हदाद जर्भोसले भने ।
नेपाल राष्ट्रिय घरेलू स्तरको सर्वेक्षण ऊर्जा पहुँच सम्बन्धी विश्व सर्वेक्षणको हिस्सा हो, जुन विश्व बैंकले ऊर्जा क्षेत्र प्रवद्र्धन सहयोग कार्यक्रम (इएसएमएपी) को सहयोगमा चलाइएको बहुस्तरीय फ्रेमवर्क (एमटीएफ) दृष्टिकोणमा निर्भर गर्दछ । बिजुली पहुँचको गुणस्तरमा प्रगति भए पनि स्वच्छ कुकिङ नेपालका लागि चुनौती नै रहेको छ ।
‘आउँदो दिनमा पर्याप्त बिजुली आपूर्ति भएपछि खाना पकाउन आयात गरिएको एलपीजीमा ठूलो निर्भरता हटाउनुपर्नेछ, सरकारले सफा कुकिङ समाधानमा बढी जोड दिनेछ र हरेक घरमा एउटा बिजुली चुल्हो प्राप्त गर्ने लक्ष्य राख्नेछ ।’ वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीले भने ।