ई–आर्थिक, काठमाडौँ । ठगी गरेको आरोपमा पक्राउ परेका उद्योगी व्यवसायी डा. रुप ज्योति हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि उनीसँगै छोरी सुरुची रिहा भएका छन् ।
उनीविरुद्ध प्रहरीमा ठगी गरेको उजुरी परेपछि प्रहरीले उनी लगायत छोरी सुरुचीलाई विदेशबाट नेपाल आउने क्रममा पक्राउ गरेर थुनामा राखेका थिए ।
प्रहरीले अनुसन्धानको आधारमा सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनको अध्ययनपछि सरकारी वकिल कार्यालय मुद्दा चलाउन नपर्ने निष्कर्षमा पुगेको हो ।
उनी पक्राउ पछि निजीक्षेत्र आन्दोलित थियो । हिजैमात्र नेपाल उद्योग वाणिज्य संघ काठमाडौं अगुवाईमा उद्योगी व्यवसायीहरुले मौन जुलुस निकाले थिए ।
सुध्रिने मौकासमेत नदिई पूर्व अर्थराज्यमन्त्री समेत रहेका उद्योगपति ज्योतिलाई ठगीको आरोपमा पक्राउ गरेको उल्लेख गर्दै तत्काल रिहा गर्न माग गर्दै बिहीबार विहान काठमाडौंको न्यूरोडस्थित जुद्ध शालिक अगाडि उद्योगी, व्यवसायीहरुले मौन जुलुस निकालेका थिए ।