काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको अध्यक्षमा बसन्तराज लम्साल चयन भएका छन् । संघको आइतबार सम्पन्न संघको १३ औँ वार्षिक साधारणसभाले लम्सालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत लम्साल यसअघि संघको महासचिव थिए ।
अध्यक्षका अर्का आकांक्षी प्रकाशराज शर्माले उम्मेद्वारी फिर्ता लिएपछि लम्साल निर्विरोध निर्वाचित भएका हुन् । लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत हुन ।
संघको उपाध्यक्षमा फस्र्ट माइक्रोफाइनान्सका भेषराज पन्थी निवार्चित भएका छन् । महासचिवमा महासचिवमा नेशनल माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर थापा निर्वाचित भएका छन् ।
त्यसैगरी संघको सचिवमा वोमी लघुवित्त वित्तीय संस्थाका प्रमख कार्यकारी अधिकृत प्रमेश आचार्य चयन भएका छन् । कोषाध्यक्षमा भने मेरो माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत नै दोहोरिएका छन् ।
सचिवमा वोमी लघुवित्तका प्रमेश आचार्य निर्र्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी ६ जना सदस्यमा स्ववलम्बन लघुवित्तका भोजराज बस्याल, सबैको लघुवित्तका केशब पौडेल, समिट लघुवित्तका देबेन्द्र बहादुर बस्नेत, कालिका लघुवित्तका मिन बहादुर बाहोरा, फरवार्ड कम्युनीटिको आश नारायण चौधरी र इन्द्र कुमार शाह रहेका छन् ।