२०८३ साउन १२ मंगलबार

बसको अग्रिम टिकट बुकिङ खोल्ने अन्तिम तयारीे, भाडा बृद्धिको लागि ‘कुटनीतिक चालवाजी’

ई आर्थिक    सोमबार, भाद्र २३ २०७६
5.8K
Shares
बसको अग्रिम टिकट बुकिङ खोल्ने अन्तिम तयारीे, भाडा बृद्धिको लागि ‘कुटनीतिक चालवाजी’

ई–आर्थिक, काठमाडौं । दशैंमा बसको अग्रिम टिकट बुकिङ खोल्ने अन्तिम तयारी गरिरहेको व्यवसायीले जानकारी दिएका छन् । संभवत भदौ अन्तिमदेखि टिकटको बुकिङ खोल्ने व्यवसायीको भनाई छ ।

अहिले अग्रिम टिकट खुलाउने सम्वन्धमा यातायात व्यवसायी र यातायात व्यवस्था विभागबीच छलफल भइरहेको छ । छलफल सकारात्मक रूपले अघि बढिरहेकोले चाँडै बुकिङ चाँडै खोल्ने तयारी भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।

व्यवसायीसँगको अन्तिम बैठक २५–२६ गते बस्ने पनि विभागले जानकारी दिएको छ । उक्त बैठक पछि अग्रिम टिकट खुल्ने विभागको भनाई छ ।

व्यवसायीहरुले भाडाको विषयमा केही अडान राखेकाले टिकट बुकिङ खोल्न केही ढिलाई भइरहेको छ । दसैंअघि नै वैज्ञानिक रुपमा भाडा समायोजन गर्नुपर्ने माग व्यवसायीले अघि सारेका छन । तर व्यवसायीको मागमा केही लचकता देखिएको पनि विभागले दाबी गरेको छ ।

भाडा बृद्धिको व्यवसायीका मागहरुलाई सम्बोधन गर्न केही विकल्प खोजिरहेकोे पनि विभागले जानकारी दिएको छ । तर व्यवसायीले भने विभागले सोचजस्तै भाडा बृद्धिको मूख्य मुद्दामा लचकता अपनाउने संभावना नरहेकोे बताउँछन् । आफूहरुको भाडा बृद्धिको माग बजारको बृद्धि अनुसार नै भएकोले विभाग सहमतिमा आउने विश्वास व्यवसायीहरुको रहेको छ ।

बैज्ञानिक भाडा बृद्धिको लागि व्यवसायीहरुले विभागलाई जिम्मा दिइसकेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका महासचिव सरोज सिटौलाले जानकारी दिए । यसरी हेर्दा व्यवसायी भाडा बृद्धिको जस विभागलाई दिएर पन्छाउँदै छ ।
उनीहरु विभागको निर्णय पर्खने र यो बारेमा आफूहरु नवोल्ने महासचिव सिटौलाको भनाई छ ।

विभाग र व्यवसायी विचको कुरा हेर्दा भाडा बृद्धि हुने संकेत देखिएको छ । भाडा बृद्धिको विषयमा केही कुटनीतिक चालबाजीहरु पनि भइरहेको अनुमान लगाउन सकिन्छ ।

टिकट खुलाउन भन्दा पनि यस बर्ष नयाँ थप गाडी नभएकाले देशका कुना काप्चासम्मका यात्रुहरुलाई कसरी सेवा दिने भन्ने बारेमा छलफल भइरहेको उनले बताए । बैज्ञानिक भाडा बृद्धि र यी बिषयको टुङ्गो लागे पछि अग्रिम टिकट खुल्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij