हालै जी सेभन देशहरुको सम्मेलनमा उनले भने, ‘गएका केही महिनामा चीनलाई ठूलो झड्का लागेका छ । त्यहाँ ३० लाख रोजगारी खोसिएको छ । छिटै यो संख्या बढ्ने छ ।’ यो पहिलो पटक होइन, जब ट्रम्पले व्यापार युद्धले चीनमा भएको नोक्सानबारे बयान दिएको । गएको हप्ता पनि उनले भनेका थिए, ‘उनीहरुले निकै थोरै समयमा २५ लाख रोजगारी गुमाएका छन् ।’
![]()
हाम्रो यो प्रश्नको जवाफ व्हाइट हाउस प्रेस कार्यालयले हङ्कङस्थित पत्रिका ‘साउथ चाइना मर्निङ पोस्ट’ मा प्रकाशित एक लेखको लिंकबाट दियो । यस लेखमा चीनको लगानी बैंक, चाइना इन्टरनेशनल क्यापिटल कर्प (सीआईसीसी)को हवाला दिँदै लेखिएको छ, जुलाई २०१८ देखि मे २०१९ को अवधीमा उत्पादन क्षेत्रमा व्यापार युद्धका कारण १९ लाख रोजगारी गुमेको छ । यो विषयमा ट्रम्पका प्रवक्तालाई सोधेपछि उनले सीआईसीसी सर्वेमा मेपछिको तथ्यांक समावेस नगरिएको, जब चीनको सामानमा आयात शुल्कमा निकै वृद्धि गरिएको बताए । तर यो कुराको कुनै स्पष्टिकरण दिइएन, राष्ट्रपति ट्रम्पसम्म २५ वा ३० लाखको तथ्यांक कसरी पुग्यो ।
![]()
बीबीसीले अमेरिकाको वित्त विभागसँग पनि सम्पर्क गरेको थियो, तर हालसम्म जवाफ पाइएको छैन । अमेरिका–चीन व्यापार युद्धका कारण चीनमा रोजगारी गुमेका कुनै आधिकारिक तथ्यांक छैन । तर दुई वटा चिनियाँ बैंकहरुको आर्थिक सर्वेक्षणले यसले औद्योगिक क्षेत्रमा १२ देखि १९ लाख रोजगारी प्रभावित भएको उल्लेख गरेको छ । आयत शुल्कमा वृद्धिको असर चीनको उत्पादन क्षेत्रमा परेको छ, तर रोजगारी अन्य कारणले पनि गुमेको छ ।
अमेरिकास्थित थिंक ट्यांक, पीटर्सन इस्टिट्युट अफ इन्टरनेशनल इकोनोमिक्ससँग सम्बन्धित म्यारी लभली भन्छिन्, ‘रोजगारी गुमेको गणना गर्न सकिन्छ तर, यसको कारण के हो भन्न समस्या छ । के कारणले यस्तो भयो प्रमाणित गर्न असम्भव छ ।’ चीनमा उत्पादन क्षेत्रको रोजगारीमा गिरावट पहिलादेखि नै आइरहेका छ । किनकी चीन अब सर्भिस–आधारित अर्थव्यवस्थातर्फ अगाडि बढिरहेको छ । बित्त र प्रविधिमा नयाँ रोजगारी सिर्जना भइरहेका छन् । यो परिवर्तन व्यापार युद्धभन्दा पहिला नै आइसकेको थियो । चीनको उत्पादन क्षेत्रले ती देशहरुको दबाब पनि सामना गरिरहेका छ, जहाँ सस्तो श्रम उपलब्ध छ ।
![]()
चीनमा बेरोजगारीको स्थिति
चीनको सरकारले शहरी क्षेत्रहरुमा रोजगारी बढाउन निकै ध्यान दिएको छ । बेइजिङस्थित द इकोनोमिस्ट इन्टेलिजेन्स यूनिटमा चिनियाँ अर्थव्यवस्थाका विशेषज्ञ ड्यान वाङ्ग भन्छन्, ‘बन्द भएका कारखानाको धेरैजसो श्रम शहरी सेवामा खपत भइसकेको छ । साथै मानिसहरु समुद्री प्रान्तहरुबाट अनहुई, शिचुआन र हेनन जस्ता आफ्ना मुल प्रान्तमा फिर्ता भइरहेका छन्, जहाँ स्थानीय उद्योगहरु बढिरहेका छन् ।’
विश्व बैंकका अनुसार २०१८ मा चीनमा कुल श्रम शक्ति ७८.८ करोड थियो । अथवा उत्पादन क्षेत्रमा २० लाखको अर्थ जम्मा ०.२५ प्रतिशत हो । सरकारको आधिकारि तथ्यांकअनुसार देशमा ३.८ प्रतिशत बेरोजगारी छ जो २००२ देखि हालसम्मको सबैभन्दा थोरै हो । तर, राष्ट्रपति ट्रम्पको बयान यस्तो समयमा आएको छm जब चीनको कम्न्युस्टि पार्टी नेतृत्व रोजगारीको बजारमा निकै ध्यान दिइरहेको छ । जुलाईमा देशको सर्वोच्च निर्णय लिने संगठन पोलिटब्यूरोले रोजगारी सबैभन्दा पहिलो प्राथामिकता भएको बताएको थियो ।