ई–आर्थिक, काठमाडौं । नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले आयोजना गरेको बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बिपिए) अवार्ड २०१८, समारोहमा विकास बैँकतर्फ महालक्ष्मी विकास बैँकले प्रथम स्थान प्राप्त गरेको छ ।
एक समारोहका विच अर्थमन्त्री डा. युवराज खतिवडाले बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेलाई सो अवार्ड प्रदान गरेका थिए ।
बैँकले पाएको यस सफलताको श्रेय बैँकका आदरणीय ग्राहकवर्ग, नियमक निकाय, शुभचिन्तक एवं शेयरधनी महानुभावहरुलाई दिदैँ आगामी दिनहरुमा पनि यस्तै सफलता र भरोसाको आशा गरेको बैंकले जानकारी दिएको छ ।