ई–आर्थिक, काठमाडौं । गुल्मीमा पहिरो जादाँ ६ जनाको मृत्यु भएको छ भने ५ जना हराईरहेका छन् । सोमबार साझँदेखि परेको अविरल वर्षाका कारण पहिरो गएको हो ।
जिल्लाको सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक, धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीयले जानकारी दिएका छन् ।
सो स्थानमा राति घरमा सुतीरहेको अवस्था माथिबाट पहिरोले तीन घरहरु बगाएर करिब ५० मिटर तल पर्याएको थियो । त्यसैगरी राति घरमा भल पस्दा गाउँपालिका ३ ठूलो लुम्पेकमा पनि मानविय क्षति भएको थियो । उक्त घटनामा स्थानीय तिल बहादुर त्रामुकी श्रीमती ३० बर्षीय तिलकुमारी त्रामु, उनका छोरा बर्ष १० का दर्शन त्रामुको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए ।
त्यस्तै उनकी १२ बर्षीया छोरी करिष्मा र १४ बर्षकी छोरी धनी त्रामु घाइते भएका छन। अबिरल बर्षा भईरहेका र ठाउँ ठाउँमा पहिरोका कारण सडक अवरुद्ध हुँदा प्रहरीको टोली त्यसतर्फ पुग्न सकेको छैन् । बाटोमा पहिरो गएका कारण पनि घटनास्थलमा पुगेर उद्दार गर्न कठिनाई भइरहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ ।