२०८३ साउन ९ शनिबार

सूचना विभागको अनलाइन सेवामा समस्या, श्रमजीवि र दरबन्दी विवरण साउन १५ सम्म बुझाउँदा हुने

ई आर्थिक    मंगलबार, असार ३१ २०७६
8.3K
Shares
सूचना विभागको अनलाइन सेवामा समस्या, श्रमजीवि र दरबन्दी विवरण साउन १५ सम्म बुझाउँदा हुने

ई–आर्थिक, काठमाडौं । सूचना विभागले सञ्चार प्रतिष्ठानहरुको स्वीकृत दरबन्दी र श्रमजीवि विवरण भर्ने म्याद थपेको छ ।

विभागले एक सूचना जारी गर्दै पत्रपत्रिका, टेलिभिजन, रेडियो, एफएम र अनलाइनको विवरण साउन १५ गतेसम्म भर्न पाउने व्यवस्था गरेको हो । विभागको बेवसाइटमा रहेको अनलाइन सेवामा जीआईडीसी सर्भरमा समस्या आएपछि समय थप गरिएको हो ।

सूचना विभागले उक्त विवरण आज असार मसान्तसम्म भर्न सूचना जारी गरेको थियो ।

बैंक वित्तीय संस्थाहरूले पनि अबिरल बर्षा र बाढीका कारणले पुगेको क्षतिको मध्यनजर गर्दै असार मसान्तसम्म बुझाउनु पर्ने ऋणको ब्याज र किस्ता साउन भित्र बुझाए अर्को पहिलो आर्थिक बर्षकै गणना गर्ने गरी निर्देशन जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij