२०८३ साउन ९ शनिबार

नेपाल इन्भेस्टमेन्ट बैंकले जेबिल्स फाइनान्स प्राप्ती ग¥यो, प्राप्ती पछि बैंकको चुक्ता पूँजी निजीक्षेत्रका बाणिज्य बैंकमै सर्वाधिक

ई आर्थिक    सोमबार, असार ३० २०७६
4.7K
Shares
नेपाल इन्भेस्टमेन्ट बैंकले जेबिल्स फाइनान्स प्राप्ती ग¥यो, प्राप्ती पछि बैंकको चुक्ता पूँजी निजीक्षेत्रका बाणिज्य बैंकमै सर्वाधिक

ई–आर्थिक, काठमाडौं, ३० असार, २०७६ : नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले जेबिल्स फाइनान्स लिमिटेडको सफल प्राप्ति पश्चात आफ्नो संयुक्त कारोबार प्रारम्भ गरेको छ । प्राप्ति पछि बैंकको चुक्ता पुँजी वृद्धि भई रु १२.८९ अर्ब पुगेको छ । हालको यो पूँजी निजीक्षेत्रका वाणिज्य बैंकहरूमध्ये सर्वाधिक हो ।

हाल बैंकको कुल निक्षेप रु १४७ अर्ब र कुल कर्जा रु १३२ अर्ब रुपैयाँ पुगेको छ ।

राजधानीको प्युखा, न्युरोडमा नवस्थापित ८१ औं शाखाको शुभारम्भ गर्दै नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति पाण्डेले बैंकले आगामी आर्थिक वर्ष पनि मर्जर तथा एक्विजिसन (प्राप्ति) लाई आफ्नो रणनीतिक योजनाको हिस्साका रूपमा रहने संकेत दिनुभयो ।

एनआईबीएलको देशभरिमा ८१ वटा शाखा, ११८ एटीएम, १४ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन केन्द्र र ५१ शाखारहित बैंकिङ काउन्टरहरू रहेका छन् ।

एनआईबीएल बेलायतको प्रसिद्ध फाइनान्सियल टाइम्स ग्रुपको बैंक म्यागजिन द बैंकरद्वारा पाँच पटकसम्म ‘बैंक अफ द इयर’ अवार्ड पाउने नेपालको एकमात्र बैंक हो । यस बैंकले बेस्ट बैंक २०१८ का लागि ‘युरोमनी अवार्ड फर एक्सिलेन्स’ तथा इक्रा नेपालद्वारा ‘ए प्लस’ साख निर्धारण (क्रेडिट रेटिङ) पाइसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij