ई–आर्थिक, काठमाडौं । आज दिनभर परेको अविरल बर्षाले देशभर नै वितण्डा मच्चाएको छ । देशका विभिन्न भाग जलमग्नग भएको छ भने काठमाडौंको कलंक आसपास पुरै डुबानमा परेको छ ।
अघिल्लो साल भक्तपुरको ठिमी राधेराधे डुबान परेजस्तै यसपटक काठमाडौंको कलंकी डुबानमा परेको छ । ४० बर्षपछि यति ठूलो बाढी आएको स्थानीयबासीले बताएका छन् ।

तराईका धेरै स्थानमा बाढीको विचमा सयौं मान्छहरू फसेका छन् । घरहरू बगाएकाहरू रूखमाथि चढेर हार गुहार मागिरहेका छन् । स्थलमार्गबाट उद्दार गर्न असम्भव भएकाहरूलाई उद्दार गर्न हेलिकोप्टर उद्दारको लागि तैनाथ गरिएको छन् ।
बाढीले रूखसमेत बगाउने अवस्थामा पुगिसकेको भन्दै फसेकाहरूले चाँडै उद्दार गर्न सरकारसँग हार गुहार मागिरहेका छन् ।
तराईका विभिन्न स्थानको बाढी र खोलाले दर्जनौंलाई मानिसलाई बगाएर लगेको खबरहरू प्राप्त भइरहेका छन् ।
पहाडी भेगमा भने पहिरोको चपेटामा दर्जनौं घरहरू परेका छन् । पहिरोमा चपेटोमा परेकाहरू आफ्नो घर छाडेर सुरक्षित स्थानमातर्फ लागि रहेका छन् ।
काठमाडौंको मुलपानीमा एकै परिवारका तीनको मृत्यु
काठमाडौंको मूलपानीमा घरको पर्खाल भत्कँदा एकै परिवारका तीनजनाको मृत्यु भएको छ । बारा घर भई मूलपानी बस्दै आएका शर्मिला यादव, निलु यादव र कुन्दन यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।