२०८३ साउन १२ मंगलबार

१८ मन्त्रालयको वार्षिक समीक्षा : २४३ वटा पुल निर्माण, ९१५ किमि सडक स्तरोन्नति   

ई आर्थिक    शुक्रबार, असार २७ २०७६
6.1K
Shares
१८ मन्त्रालयको वार्षिक समीक्षा : २४३ वटा पुल निर्माण, ९१५ किमि सडक स्तरोन्नति      

२७ असार २०७६, काठमाडौं : चालु आर्थिक वर्ष सरकारले गरेका कामका सम्बन्धमा सबै मन्त्रालयका सचिवले प्रधानमन्त्री समक्ष समीक्षा प्रस्तुत गरेका छन् । ६ घण्टा लामो समीक्षा कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले शुक्रबार सम्बन्धित मन्त्रालयलाई आवश्यक निर्देशन दिँदै छन् । कार्यक्रममा १८ वटा मन्त्रालयका सचिवले आ–आफ्नो वार्षिक समीक्षा पेस गरेका थिए ।

सडक स्तरोन्नति

सडक स्तरोन्नति अन्तर्गत कालोपत्रे स्तरको सडक ९ सय १५ किलोमिटर, ग्रबेलस्तरको सडक १ हजार ५० किलोमिटर, माटे सडक ३ सय १५ किलोमिटर, पुल निर्माण २ सय ४३ वटा, डीपीआर निर्माण (रेलमार्गतर्फ) ४ सय २१ किमिको निर्माण भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वार्षिक समीक्षामा उल्लेख छ ।

आगामी असोजसम्म जयनगर–जनकपुर–कुर्था (३५ कि.मि.) रेल लाइन तथा रेल्वे स्टेसन तयार हुने उल्लेख छ । कुर्था–बिजलपुरा खण्ड (१७ किलोमिटर) सहित ५२ किलोमिटर खण्डमा आगामी फागुनसम्ममा रेल सञ्चालन हुने अवस्था छ ।

बथनाहा–विराटनगर १८ किलोमिटरमध्य १० किलोमिटर सञ्चालनका लागि तयार भएको छ । रक्सौल–काठमाडौं (१३५ किमि) र काठमाडांै– रसुवागढी (७२ किमि) रेल मार्ग निर्माणको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन तयार भएको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

खसीबोकाको आयात घट्यो

आर्थिक वर्ष २०७४/७५को तुलनामा यस वर्ष खसीबोका आयात ४६.९ प्रतिशतले घटेको छ । ६ लाख १६ हजार ९ सय २४ डोज फ्रोजेन सिमेन उत्पादन भएको कृषि मन्त्रालयको समीक्षामा उल्लेख छ । यसको लक्ष्य ६ लाख ५० हजार राखिएको छ ।

विमानस्थलमा सुधार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार तथा स्तरोन्नति अन्तर्गत धावनमार्ग विस्तारको काम ६० प्रतिशत सम्पन्न भएको छ । १६ असार (१ जुलाई) देखि रातिमा पनि सञ्चालनमा आएको साथै दैनिक २१ घण्टा सञ्चालनमा आएको समेत समीक्षामा उल्लेख छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्मको प्रगति ७३ प्रतिशत भएको उल्लेख छ । धावन मार्ग ३ हजार मिटर लम्बाइ र ६० मिटर चौडाइ कालोपत्रे र पार्किङ क्षेत्र (एप्रोन) निर्माण कार्य सम्पन्न भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको हालसम्मको प्रगति ४२ प्रतिशत छ ।

उद्योग

भैरहवा विशेष आर्थिक क्षेत्रको सम्पूर्ण पूर्वाधार निर्माण कार्य सम्पन्न गरेको छ । २२ वटा उद्योगीलाई सञ्चालन गर्न अनुमतिपत्र प्रदान भएको छ । तीमध्ये एउटा उद्योगको परीक्षण उत्पादन सुरु गरेको र ३ वटा उद्योगको भवन निर्माण र ७ वटाले साइट क्लियर गरी निर्माण सुरु गरेको छ ।

सिमरा विशेष आर्थिक क्षेत्र भित्रको ब्लक ए मा निर्माणाधीन गार्मेन्ट प्रशोधन क्षेत्रको निर्माणकार्य मध्य आन्तरिक बाटो शतप्रतिशत सम्पन्न भएको दाबी छ । मह, पस्मिना धागो, प्लाइउड, ओर्गानिक ग्रिन कफी, हेल्मेट, वाटरमिटर, जस्तापाता, पीपीआर पाइप, नेपाली हातेकागज, इन्डक्सन चुलो, हटप्लेट, सिमेन्ट, कस्मेटिक सामग्री, सीपीभीसी पाइप, डिजेल, पट्रोल, मट्टीतेल, रेफ्रिजेरेसन तथा हिटपम्पलगायत यस विषयसँग सम्बन्धित ५० वटा नेपाल गुणस्तर स्वीकृत गरिएको समीक्षा प्रतिवेदनमा छ ।

द्रुतमार्गको डीपीआर पूरा

काठमाडौं तराई–मधेस द्रुतमार्ग सडक आयोजनाको निर्माण कार्य आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने कार्य १ सय प्रतिशत सम्पन्न भइ स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाएको छ । जग्गा अधिग्रहण कार्य हालसम्म ९६ प्रतिशत सम्पन्न भएको छ । मार्गाधिकारभित्र परेका रूख कटान कार्य हालसम्म ९७ प्रतिशत सम्पन्न भएको समीक्षामा उल्लेख छ ।

नयाँ पत्रिकाबाट

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij