२०८३ साउन ९ शनिबार

मालपोत–माफिया नेक्सस, नक्क्ली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिको नाममा  

ई आर्थिक    सोमबार, असार २३ २०७६
6.8K
Shares
मालपोत–माफिया नेक्सस, नक्क्ली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिको नाममा  
केशवप्रसाद पाण्डे, काठमाडौं । नेपालको ताजमहलका रूपमा परिचित पाल्पाको रानीमहलको जग्गा माफिया र मालपोत कार्यालयको मिलेमतोमा व्यक्तिका नाममा नामसारी भएको खुलासा भएको छ । माफियाले नक्कली गुठी खडा गरी रानीमहलको जग्गा व्यक्तिका नाममा दर्ता गराएको पाइएको हो । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनका क्रममा रानीमहलका जग्गा शंकास्पद रूपमा अतिक्रमणमा परेको तथ्य फेला परेको हो । सतर्कता केन्द्रका अनुसार १८ माघ २०६२ मा पाल्पा दरबारमा आगलागी हुँदा मालपोत तथा नापी कार्यालयका कागजात जलेर नष्ट भएका थिए ।

तत्पश्चात् १२ असार २०६३ मा नयाँ स्रेस्ता कायम गर्न माग गर्दै खड्गभक्तेश्वर गुठीका मोही महालक्ष्मी श्रेष्ठले गाविस कार्यालयमा स्रेस्ता कायम गर्न माग गर्दै निवेदन दर्ता गराएको पाइएको छ । सोही निवेदनको आधारमा मालपोत कार्यालयले स्रेस्ता कायम गरिदिएको थियो । यो कार्यमा मालपोत कार्यालयको भूमिका शंकास्पद पाइएको छ । केन्द्रको छानबिन प्रतिवेदनअनुसार २०६० सालमा मिसिल नम्बर ३६० खडा गरी कित्ता ६६० अन्तर्गत मोही महालक्ष्मी श्रेष्ठ कायम भएको पुर्जा प्राप्त गरेको देखिन्छ । सोही आधारमा ५ असोज २०७२ मा मालपोत कार्यालयको निर्णयले मोही नामसारी हुन गएको मालपोतको रेकर्डमा पाइएको थियो । हाल सो कित्ता तारामान श्रेष्ठ, निलम श्रेष्ठ र तानसेन नगरपालिका–७ को नाममा नामसारी भइसकेको छ ।

पुराना स्रेस्ता जलेपछि नयाँ स्रेस्ता कायम गर्ने क्रममा साविकमा कायम रहेको कित्ता नम्बर १६६ कित्ताकाट भई ६६० नम्बर कायम भएको छ । त्यस्तै, कित्ता नम्बर ६६१ मा रहेको ८ रोपनी १० आना जग्गाको मोही महलमा चक्रमाणि पाण्डे, थाबहादुर श्रेष्ठ र दुर्गाबहादुर थापाको नाममा मालपोत कार्यालयमा दर्ता भएको छ । यस क्रममा स्रेस्ता कायम गर्न सम्बन्धित पक्ष नै नआएको केन्द्रको छानबिनमा देखिन्छ । तर, यो कित्ता मालपोत कार्यालयमा भने स्रेस्ता कायम नभएको पाइएको केन्द्रले स्पष्ट पारेको छ ।

–मोही कायमका सम्बन्धमा अस्पष्टता
–अनियमिततामा संलग्न कर्मचारीका सम्बन्धमा छानबिन गर्दै अख्तियार
–शंकास्पद नामसारीको तयारीमा कित्ता ४६६

त्यस्तै, कित्ता नम्बर ४६७ को करिब १२ रोपनी १० आना जग्गा रानीघाट गुठीका मोही थानबहादुर श्रेष्ठ भएको दर्ता किताबमा पाइएको प्रतिवेदनमा उल्लेख छ । कित्ता नम्बर ४६४ को ३० रोपनी जग्गा जंगल र ४६६ बगैंचाको नाममा सरकारी÷सार्वजनिक भएको रेकर्ड पाइएको छ ।
नयाँ स्रेस्ता कायम गर्ने क्रममा कागजातमा अंशबन्डा, लिखत आदि कागजात सम्बन्धित पक्षसँग माग नै नगरी लालपुर्जा मात्रको आधारमा नामसारी गरिएको थियो । सतर्कता केन्द्रका अनुसार माफियाले गुठीबाट रैकरमा परिणत गरी व्यक्तिगत बनाउने योजनालाई मालपोत कार्यालय पाल्पाका कर्मचारीले साथ दिएका थिए ।
मालपोतले थप कागजात नभएको अवस्थामा सँगैको कित्ता नम्बर ६६१ का मोहीलाई नै पत्राचार नगरी नामसारी गरेको थियो । मालपोतले उनीहरुलाई उपस्थित गराउँदा कागजात फेला पर्ने सम्भावना रहँदा रहँदै पनि उपस्थित नगराउनु शंकास्पद देखिएको केन्द्रले बताएको छ ।

गुठीको जग्गा नामसारी हुँदा गुठी संस्थानसँग लागत भिडाएर हेर्नुपर्नेमा मालपोतले सोको समेत बेवास्ता गर्दै संस्थानलाई जानकारी नै नगराएको देखिन्छ । जब कि कित्ता १६६ को जग्गाको नक्साको कित्ताकाँट भएको अभिलेखमा नै छैन । कित्ताकाँट नै नभएको जग्गा हालको नक्सामा भने कित्ताकाँट भएको छ । तर, कित्ताकाँट भएको मितिबारे उल्लेख छैन ।
अनियमित नामसारीको तयारीमा कित्ता नं ४६६
केन्द्रको छाबिनका क्रममा पाल्पा साविकको बौधगुम्बा गााविसको कित्ता नम्बर ४६६ मा रहेको बगैंचाको भनी उल्लेख गरिएको सरकारी÷सार्वजनिक जग्गासमेत शंकास्पद रूपमा व्यक्तिका नाममा नामसारीको तयारीमा रहेको फेला परेको छ । पेन्सिलले नक्सा बनाइएको पाइएकाले अनियमित रूपमा नामसारीको तयारी भएको हुन सक्ने सतर्कता केन्द्रले आशंका गरेको छ ।

नामसारी भएको जग्गा

साविकको पाल्पा खानिगाउँ गाउँ विकास समिति वडा नम्बर २ अन्तर्गत पर्ने नेपालको रानीमहल सिट नं ०९९–०३२३ कित्ता नम्बर ४६५ को केही भाग र सिट नं ०९९–०३२४ को कित्ता नम्बर ४६५ को केही भागभित्र रानीमहल बने

राजधानीबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij