ई–आर्थिक, काठमाडौं । विशेष अदालतले सशस्त्र प्रहरी बलका चारै जना पूर्वआईजीपीलाई आज ‘क्लिन चिट’ दिएको छ । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहितको इजलासले २०७२ मा दायर यो मुद्दामा सोमबार सबै प्रतिवादीलाई ‘क्लिन चिट’ दिएको हो।
भ्रष्टाचार र अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा उनीहरूले मुद्धा खेपिरहेका थिए ।
यसरी मुद्दा खेप्नेहरूमा पूर्व आईजीपीहरु बासुदेव ओली, सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र कोषराज वन्त रहेका थिए । उनीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको भन्दै मुद्धा दायर गरेको थियो ।
प्रतिवादीहरूले सामान खरिद, बिल भर्पाई तथा ठेक्कापट्टामा करोडौँ भ्रष्टाचार गरेको आरोपसहित अख्तियारले मुद्दा दायर गरेको थियो।
२०५८ देखि २०७१ मा सशस्त्र प्रहरीका विभिन्न ईकाईमा सामान खरिद गर्दा नक्कली कम्पनी र बिल खडा गरेर भ्रष्टाचार गरेको अख्तियारको दाबी थियो।