२०८३ साउन ९ शनिबार

युरोप भ्रमणमा प्रधानमन्त्रीको नयाँ अनुभव : समुद्री सुरुङको रेल यात्रा, कस्तो छ समुद्र मुनिको युरो टनेल नामको सुरूङमार्ग ?

ई आर्थिक    बिहिबार, जेष्ठ ३० २०७६
4.4K
Shares
युरोप भ्रमणमा प्रधानमन्त्रीको नयाँ अनुभव : समुद्री सुरुङको रेल यात्रा, कस्तो छ समुद्र मुनिको युरो टनेल नामको सुरूङमार्ग ?

ई–आर्थिक, काठमाडौं । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री के.पी. ओलीले एउटा नयाँ अनुभव गरेका छन् । बेलायतबाट फ्रान्स जानेक्रममा उनले समुद्री सुरूङमार्गको यात्रासँगै नयाँ अनुभव गरेका हुन । प्रधानमन्त्री ओलीसहितको नेपाली प्रतिनिधि मण्डल बेलायत र फ्रान्सलाई जोड्ने समुद्र मुनि बनेको भूमिगत रेलमार्ग हुँदै फ्रान्सका पुगेका थिए । उक्त यात्राको तस्विर प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले ट्वीटरमा सार्वजनिक गरेका छन् ।

भाषणकलामा पोख्त प्रधानमन्त्री ओलीले समुद्र मुनि बनेको भूमिगत रेलमार्गको खुव चर्चा गर्ने विश्वास गरिएको छ ।

‘युरो टनेल’ नाम गरेको समुद्र मुनीको सुरुङमार्गमार्फत् रेलमाफर्त फ्रान्स पुगेका हुन् । यो टनेल ५० किलोमिटर लामो छ । समुद्र मुनी रहेको यो सुरुङबाट हरेक वर्ष करिब १ करोड मानिसले यात्रा गर्ने गरेका छन् । यो सुरुङमा चल्ने रेलका माध्यमबाट बेलायत र फ्रान्सबीच हरेक वर्ष करिब १६ लाख त गाडीमात्रै ढुवानी हुने गरेका छन् ।

फ्रान्स र बेलायतलाई सुरुङ मार्गले जोड्ने सपन करिब २०० वर्ष पुरानो भए पनि यो प्रोजेक्ट सन् १९८० मा सुरु भएको थियो । निर्माण सुरु गरेको १४ वर्षपछि सन् १९९४ मा सुरुङले पूर्णता पाएको थियो ।

त्यतिबेला यसलाई सडक मार्गका रुपमा बस तथा अन्य गाडीहरु कुदाउने मार्ग बनाउने सोचिएको भए पनि अहिले त्यहाँ रेलमात्र कुदाउने गरिएको छ ।

फ्रान्सका तानाशाह नेपोलियन बोनापार्टले सन् १८८० मै बेलायतसँगको सुरुङ मार्ग जोड्ने विषयमा योजना अघि सारेका थिए । त्यतिबेला त्यो प्रोजेक्ट पुरा हुन सकेन । काम सुरु नै गरिए पनि आधुनिक उपकरणहरुको अभावले कामले निरन्तरता पाउन सकेको थिएन ।

पछि दुई देशबीच पटकपटक भएका छलफलपछि दुबै देश युरो टनेलका लागि सहमत भए । तत्कालीन बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरले सुरुङ मार्गमा काम गर्ने मजदुरको सुरक्षाको चिन्ताका कारण काम अघि बढाउने वा नबढाउने दोधारमा भएका बेला चौतर्फी दबाबहरु आएपछि काम सुरु गरिएको थियो ।

ठूलो मेहनत र प्रयास पछि बनेको यो सुरूङमार्ग विश्वकै चर्चाको विकास मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij