२०८३ साउन १२ मंगलबार

घुसकाण्डमा मुछिएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा, लम्बोदर न्यौपाने भने फरार

ई आर्थिक    बुधबार, जेष्ठ १ २०७६
6.5K
Shares
घुसकाण्डमा मुछिएका अख्तियारका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतमा, लम्बोदर न्यौपाने भने फरार

ई–आर्थिक, १ जेठ २०७६, काठमाडौं । ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक विशेष अदालतमा उपस्थित भएका छन्। भ्रष्टाचार मुद्दामा थुनछेक बहसका लागि पाठक विशेष अदालतमा उपस्थित भएको हुन ।

अदालत उपस्थिति भएपछि पाठकलाई विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यहरु द्वारिकामान जोशी र प्रमोदकुमार वैद्यको इजलासमा बयान लिइरहेका छन् ।

पाठकसँगको बयानपछि मंगलबार नै थुनछेककालागि सुनुवाई हुने बताएको छ। त्यसपछि अदालतले उनलाई पुर्पक्षकालागि थुनामा पठाउने वा धरौटी माग्ने भन्ने विषयमा आदेश दिनेछ।

उनीसँगै प्रतिवादी बनाइएका नेपाल इन्जिनियरिङ्ग कलेजका तत्कालिन अध्यक्ष लम्बोदर न्यौपाने भने फरार छन्। अख्तियारले पाठकविरुद्ध घुस लिएको अभियोगमा चैत १२ मा विशेष अदालतमा भ्रष्टाचार विरुद्ध मुद्दा दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij