ई–आर्थिक, काठमाडौं । काठमाडौं प्रहरीले दरबारमार्गस्थित होटल याक एन्ड यतीमा छापा मारेर १२ भारतीयलाई पक्राउ गरेको छ ।
भारतको उत्तर प्रदेशका नागरिक रहेको उनीहरू नेपालमा अबैधानिक नेटवर्किङ्ग व्यवसायमा संलग्न रहेको प्रहरीको आरोप छ । सोही आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
नेटवर्किक व्यवसायका विषयमा छलफल चलाइरहेका उनीहरुलाई नेपाल राष्ट्र बैंक, राजश्व अनुसन्धान विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
नेटवर्किङ व्यवसायमा नेपाली ठगिने सम्भावना देखिएकाले भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको र उनीहरुमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।
पक्राउ परेका ती भारतीय नागरिकलाई छुटाउन शक्तिकेन्द्रको दबाब आइरहेको बुझिएको छ ।