२०८३ साउन १२ मंगलबार

कैलाश पर्वतमा तीर्थ व्रतका लागि जाँदै गर्दा तीन बेपत्ता, भारी हिमपातका कारण उद्दारमा कठिनाई

ई आर्थिक    शुक्रबार, चैत्र २२ २०७५
2.8K
Shares
कैलाश पर्वतमा तीर्थ व्रतका लागि जाँदै गर्दा तीन बेपत्ता, भारी हिमपातका कारण उद्दारमा कठिनाई

ई–आर्थिक, जाजरकोट । टेलिफोन सम्पर्क हुन नसक्ने माथिल्लो डोल्पामा हिम पहिरोमा परी तीन जना बेपता भएका छन् । माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बामा गत चैत १७ गते कैलाश पर्वतमा तीर्थ व्रतका लागि जाँदै गर्दा उनीहरू बेपता भएका हुन् ।

बेपत्ता हुनेहरुमा शे–फोक्सुण्डो गाउँपालिका–३ का फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ रहेको सांसद पूर्वशान्तिमन्त्री सत्य पहाडीले जानकारी दिए । यता डोल्पा प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक अवदेश विष्टले घटना पुष्टि गर्दै हिउँ भारी मात्रामा भएका कारण घटनास्थलसम्म पुग्न समस्या भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij