ई–आर्थिक, काठमाडौं । एनआईसी एसिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा रमेन्द्र रायमाझीलाई नियुक्त गरिएको छ । कम्पनीको ५५ औं सञ्चालक समितिको बंैठकको निर्णयअनुसार रायमाझीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । रायमाझीले विगत ११ वर्षभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रको अनुभव हासिल गरेका छन् ।
विगतको कार्यसम्पादन तथा कार्यअनुभवहरूबाट उनँको कार्यकालमा, उहाँको नेतृत्वमा क्यापिटलको समग्र व्यवसायमा बिस्तार हुनुका साथै क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सुविधाहरूमा उत्कृष्ट रहने विश्वास कम्पनीले लिएको छ । एनआईसी एसिया क्यापिटलले सेवाग्राहीको सहजतालाई शिरोपर गर्दै उच्चतम प्रविधि तथा उत्कृष्ट जनशक्तिको सहायताबाट गुणस्तरीय, सेवा प्रदान गर्दै आइरहेको बताइएको छ ।