२०८३ साउन १० आइतबार

गाईघाट र खादबारीमा प्रभु बैंकको शाखा

ई आर्थिक    बिहिबार, चैत्र १४ २०७५
2.4K
Shares
गाईघाट र खादबारीमा प्रभु बैंकको शाखा

ई–आर्थिक, काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीहरुलाई सरल र सहज रुपमा अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ थप दुई शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले संखुवासभा जिल्लाको खाँदवारी नगरपालिका वडा नं. १ स्थित खाँदवारी शाखा र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ११ स्थित गाईघाट शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको हो ।

खाँदवारी शाखाको उद्घाटन खाँदवारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले एक समारोहका विच गर्नु भएको थियो भने गाईघाट शाखाको उद्घाटन भने प्रदेश सभासद हिमाल कार्कीले गर्नु भएको थियो ।

खाँदवारी शाखा कार्यालय र गाईघाट शाखा कार्यालय समुद्घाटन कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, भद्रभलाद्मी, व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका दुवै प्रमुख अतिथीज्यूहरुले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुमा बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवं गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेकोमा प्रंशसा गर्दै त्रियुगा नगरपालिका र खाँदवारी नगरपालिकाबासीहरुलाई पनि प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर मिलेको हुँदा यो अवसरको सही सदुपयोग गरी व्यापार व्यवसायविस्तार गर्न तथा आप्mनो आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणाली मार्पmत् गरी गुणस्तरीय बैंकिङ्ग सेवाको लाभ लिन आग्रह गर्नुभएको थियो ।

बैंकका गाईघाट शाखा र खाँदवारी शाखाबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, विभिन्न किसिमका व्यवसायिक एवं व्यापारिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij