समाज कल्याण परिषद्को तथ्यांकअनुसार क्रिस्चियन संस्थाको सो लगानी नेपालका ४० जिल्लामा विभिन्न कार्यक्रममा उपयोग भइरहेको छ । नेपालमा रहेका गैरसरकारी संस्थामार्फत क्रिस्चियनहरूको संस्थाले चितवन, रूपन्देही, बाँके, कञ्चनपुर, कैलाली, काठमाडौं, महोत्तरी, धनुषा, नवलपरासी, कास्की, काभ्रेपलाञ्चोक, धादिङ, झापा, सुनसरी, उदयपुर, सिन्धुली, प्यूठान, इलाम, दाङ, गुल्मी र सुर्खेतमा लगानी गरेको पाइएको छ । संखुवासभा, बाग्लुङ, गोरखा, तनहुँ, रोल्पा, सल्यान, दैलेख, डोटी, बैतडी, लम्जुङ, दोलखा, सिन्धुपाल्चोक, बर्दिया, ललितपुर, जुम्ला, मुगु, मोरङ, भक्तपुर र कालिकोटमा पनि उनीहरूको लगानीमा कार्यक्रम सञ्चालन भएको पाइएको छ ।
शरणार्थीका बालबालिकाको शिक्षाका लागि ७७ लाख लगानी
कारितास अस्ट्रिेलिया किन्डर मसिन (जर्मनी), सेकोरस क्याथोलिक (फ्रान्स) र कारितास कोरियाले झापा र मोरङमा भुटानी शरणार्थी बालबालिकाको माध्यमिक शिक्षाका लागि भन्दै कारितास नेपाल ललितपुरलाई ७७ लाख ३५ हजार ९ सय ६ रुपैयाँ उपलब्ध गराएको थियो । स्वसशक्तीकरणका लागि व्यावहारिक सहयोग नामक एनजीओले सिन्धुपाल्चोकमा विभिन्न कार्यक्रम सञ्चालन गर्न भन्दै कारितास अस्ट्रेलियाबाट ५ करोड १२ लाख ९९ हजार ८० रुपैयाँ प्राप्त गरेको थियो । कारितास अस्ट्रेलियाले सोही एनजीओलाई सिन्धुपाल्चोकमा शिक्षाको पूर्वाधार निर्माण गर्न भन्दै ९ करोड ३३ लाख ८७ हजार ६ सय १८ रुपैयाँसमेत प्रदान गरेको थियो । कारितास जर्मनीलगायतका संस्थाले नेपालका बालबालिका एनजीओलाई सिन्धुपाल्चोकमा बाल विकास केन्द्र स्थापना गर्न १ करोड ४७ लाख ८५ हजार ८ सय १८ रुपैयाँ उपलब्ध गराएको छ ।
भूकम्पप्रभावितको आवास निर्माणका लागि ३७ करोड लगानी
कारितास इन्टरनेसनल्सले दोलखा, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा भूकम्पप्रभावितलाई आवास निर्माण गर्दा प्राविधिक सहायता उपलब्ध गराउने भन्दै कारितास नेपाल ललितपुरलाई २३ करोड ३२ लाख ८० हजार ९ सय २९ रुपैयाँ उपलब्ध गराएको थियो । कारितास इन्टरनेसनलले नै सो एनजीओलाई दोलखा, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुलीमा नेपाल अर्थक्वेक रिकभरी प्रोजेक्ट सञ्चालन गर्न थप १४ करोड ६० लाख ८६ हजार २ सय ७६ रुपैयाँ प्रदान गरेको थियो ।
कारितास जर्मनी, कारितास अस्ट्रेलिया, कारितास इन्टरनेसनल्स, कारितास इटाली, कारितास कोरियालगायतले एक वर्षमा ८० करोड २१ लाख ८४ हजार १ सय ३२ रुपैयाँ नेपालमा लगानी गरेका छन् । उनीहरूले सो रकम ललितपुरमा कार्यालय रहेको कारितास नेपाल नामक एनजीओलाई उपलब्ध गराएका हुन् । कारितास जर्मनीले महोत्तरी र धनुषामा समुदायको सशक्तीकरण गर्न कारितास नेपाल ललितपुरलाई १ करोड ८ लाख ९० हजार रुपैयाँ उपलब्ध गराएको थियो ।
कारितास अस्ट्रेलियाले २९ वटा जिल्लामा साना किसान एकीकृत कार्यक्रमका लागि भन्दै १ करोड २५ लाख ८३ हजार रुपैयाँ उपलब्ध गराएको छ । कारितास अस्ट्रेलियाले कञ्चनपुर, बर्दिया, कैलाली, बाँके, नवलपरासी, काभ्रे र ललितपुरमा सहकारी विकास तथा उद्यम प्रवद्र्धन परियोजनाअन्तर्गत १ करोड ७८ लाख ५४ हजार रुपैयाँ कारितास नेपाल ललितपुरलाई उपलब्ध गराएको छ ।
कारितास जर्मनीले महोत्तरी र धनुषामा समुदायको सशक्तीकरणका लागि १ करोड १० लाख २८ हजार ९ सय ९० रुपैयाँ कारितास नेपाल ललितपुरलाई उपलब्ध गराएको छ । कारितास मिसियोले पनि बाँके, कञ्चनपुर र झापामा युवा सशक्तीकरण कार्यक्रम सञ्चालन गर्न भन्दै १ करोड ३१ लाख ७६ हजार रुपैयाँ कारितास नेपाल ललितपुरलाई प्रदान गरेको थियो ।
कारितास अस्ट्रेलियाले २८ वटा जिल्लामा विभिन्न कार्यक्रम गर्न ३ करोड ३६ लाख २१ हजार ७ सय ३० रुपैयाँ कारितास नेपाल ललितपुरलाई दिएको थियो । कारितास इटालीले बाँकेमा प्रकोपपछिको पुनर्निर्माणका लागि भन्दै ५८ लाख रुपैयाँ कारितास नेपाल ललितपुरलाई उपलब्ध गराएको देखिन्छ । कारितास जर्मनीले जुम्ला र मुगुमा एकीकृत प्रकोप जोखिम न्यूनीकरण प्रयाससम्बन्धी कार्यक्रम सञ्चालन गर्न कारितास नेपाल ललितपुरलाई १ करोड ९ लाख ४७ हजार ३ सय रुपैयाँ प्रदान गरेको थियो ।
कारितास इटालीले काभ्रेमा होस्टल निर्माण गर्न नेपाल जेसुइत सोसाइटीलाई ५१ लाख ४५ हजार २ सय ५७ रुपैयाँ प्रदान गरेको देखिन्छ । अस्ट्रेलियन क्याथोलिक वुमन्स मुभमेन्टले नेपाल महिला विश्वासी संघलाई ८० लाख ५६ हजार १ सय ८८ रुपैयाँ उपलब्ध गराएको देखिन्छ । बाप्टिस्ट मिसन सोसाइटी र टियर अस्ट्रेलियाले रूपन्देहीमा सामुदायिक विकास कार्यक्रम चलाउन नयाँ जीवनका लागि हातेमालो नामक एनजीओलाई ४९ लाख ९८ हजार ७ सय ३० रुपैयाँ प्रदान गरेको थियो ।
कारितास इटालीले धादिङमा दिगो आर्थिक सशक्तीकरण कार्यक्रमका लागि डोको नेपाललाई ४७ लाख २१ हजार ९ सय ७० रुपैयाँ उपलब्ध गराएको थियो । बाप्टिस्ट मिसन सोसाइटी, अमेरिकन बाप्टिस्ट इन्टरनेसनल मिनिस्ट्रिजलगायतका संस्थाले ललितपुर, सिन्धुपाल्चोक र काभ्रेमा मनोवैज्ञानिक परामर्श सेवासम्बन्धी तालिम प्रदान गर्न ललितपुरस्थित एलाइजा परामर्श तथा तालिम केन्द्रलाई ७८ लाख ८८ हजार २६ रुपैयाँ प्रदान गरेका थिए । कारितास स्पेनले आठवटा जिल्लामा भूकम्पपीडितको न्यायमा पहुँच बढाउन विभिन्न कार्यक्रम गर्न राष्ट्र निर्माण संघ नेपाललाई ४१ लाख ८२ हजार रुपैयाँ उपलब्ध गराएको देखिन्छ ।
प्रोटेस्टेन्ट एजेन्सीले उदयपुर र ललितपुरमा खाद्य सुरक्षासम्बन्धी परियोजना सञ्चालन गर्न सहयोगी हातहरूको समूह (साहस) नेपाललाई ६ करोड १५ लाख २५ हजार रुपैयाँ प्रदान गरेको थियो । बाप्टिस्ट ग्लोबल रेस्पोन्सले सुनसरी, ललितपुर र चितवनमा प्रकोपका बेला समुदाय परिचालनसम्बन्धी कार्यक्रम चलाउन माइका नेटवर्क नेपाललाई ७३ लाख ५९ हजार ९ सय ६८ रुपैयाँ उपलब्ध गराएको थियो ।
एसिया प्यासिफिक बाप्टिस्ट एड, अमेरिकन बाप्टिस्ट इन्टरनेसनल मिनिस्ट्रिज, कोअपरेटिभ बाप्टिस्ट फेलोसिपलगायत संस्थाले ललितपुरमा स्वास्थ्य शिक्षा परियोजना सञ्चालन गर्न बहुद्देश्यीय सामुदायिक विकास सेवालाई २ करोड ५३ लाख ९७ हजार ९ सय ८७ रुपैयाँ प्रदान गरेका थिए । तिनै अन्तर्राष्ट्रिय संस्थाहरूले मोरङमा प्रकोप राहतसम्बन्धी परियोजना सञ्चालन गर्न बहुद्देश्यीय सामुदायिक विकास सेवालाई थप ५० लाख ८० हजार ९ सय रुपैयाँ उपलब्ध गराएका थिए ।
राजधानीबाट