२०८३ साउन ९ शनिबार

आईएमई लाइफमा भट्ट, उत्कृष्ट बीमा कम्पनी बनाउने प्रतिबद्धता

ई आर्थिक    सोमबार, असोज १ २०७५
2.3K
Shares
आईएमई लाइफमा भट्ट, उत्कृष्ट बीमा कम्पनी बनाउने प्रतिबद्धता

काठमाडौं । आईएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्रीचन्द्र भट्ट नियुक्त हुनु भएको छ । वित्तीय क्षेत्रमा लामो समय अनुभव गर्नुभएका बटुल्नु भएका भट्टले आफ्नो बैंकिङ करियर नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडबाट सुरु गर्नुभएको थियो ।

१९९८ मा सेवा सुरुवात गरी २०११ सम्म आइपुग्दा उहाँ सहायक महाप्रबन्धक पदमा रहेर कार्य गरेको अनुभव बटुल्नु भएको थियो । त्यसपछि उहाँले मेगा बैंकमा करिब ६ महिना नायव प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गर्नुभएको थियो ।

पछिल्लो समयमा उहाँ विभिन्न बैंक तथा वित्तीय संस्थालगायत इन्स्योरेन्स कम्पनीहरूमा आबद्ध रही आउनु भएको थियो । पछिल्लो समयमा भट्ट रेमिट टु नेपालको प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेको अनुभव समेत रहेको छ ।

वित्तीय क्षेत्रको कुशल व्यवस्थापकको रुपमा परिचित भट्टको कार्यकालमा कम्पनीले राम्रो प्रगति गर्ने विश्वास लिइएको छ । प्रमुख कार्यकारी अधिकृत भट्टले यस क्षेत्रमा विगतमा भएको अनुभव सदुपयोग गर्दै आईएमई लाइफ इन्स्योरेन्सलाई नेपालको उत्कृष्ट बीमा कम्पनीको रुपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij