काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले कर्मचारी तथा श्रमिकहरुको श्रमको उचित कदर गर्दै उच्च प्रतिफल, थप अत्याधुनिक बैंकिङ्ग सुविधा सहित नयाँ बचत खाता ‘ज्योति श्रमजिवी बचत खाता” संचालनमा ल्याएको छ ।
वार्षिक ८% ब्याजदर दिने यस बचत खातामा निःशुल्क बिमाको ब्यवस्थाका साथै विदेशी मुद्रा सटहीमा विषेश छुट, भिसा डेविट कार्ड, स्मार्ट मोवाइल बैंकिङ्ग, एबीबीएस, सी आश्वा, चेक बु्क, इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु निःशुल्क गरेको छ ।
त्यस्तै लकर सुविधामा र गुड फर पेमेन्ट चेक जारी गर्दा पनि बिषेश छुट दिइएको छ । साथै स्थायी कर्मचारीहरुका लागि ज्योति प्रोफेसनल कर्जाको पनि ब्यवस्था गरिएको छ ।
बैंक ग्राहक महानुभावहरुलाई अत्याधुनिक सेवा प्रदान गर्न सदैव कटिबद्ध रहेको छ । बैंक संचालनमा आएको दशौं वर्षमा बैंकको छवि बजारमा स्थापित गर्न सफल भएकोे छ । हाल बैंकले ६० वटा शाखा एवं २१ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।
निकट भविष्यमा नै बैंकको केही थप नयाँ शाखाहरु संचालनमा ल्याउने लक्ष्य रहेको छ । हालसम्म बैंकले करिब २ लाख बढि खाताबाट १९ अर्व ५४ करोड निक्षेप संकलन गरी १० हजार भन्दा बढि ऋणी मार्फत १६ अर्व १० करोड ऋण लगानी गर्न सफल भएको छ ।
बैंकको हाल कुल चुक्तापूँजी रु.२ अर्व ५९ करोड रहेको छ । राष्ट्रिय स्तरको विकास बैंकको रुपमा कार्यरत ज्योति विकास बैंकले नुवाकोट जिल्लामा कार्यक्षेत्र रहेको हाम्रो विकास बैंक लिमिटेडलाई प्राप्ति गर्ने प्रकियामा रहेको बैंकका प्रमुख कार्र्यकारी अधिकृत मनजोज ज्ञवालीले जानकारी दिनुभयो ।