काठमाडौं : एनसीसी बैङ्क र लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालबीच बैङ्कासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ । हालै आयोजित एक कार्यक्रमबीच सो सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
संझौतापत्रमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
सहमतिसँगै बैङ्कका ग्राहकले एलआईसी नेपालले प्रदान गर्ने बीमा सेवासम्बन्धी सुविधा बैङ्कका सबै शाखाबाट लिन सकिने भएको छ ।