२०८३ साउन ९ शनिबार

चौध सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

ई आर्थिक    बुधबार, असार २० २०७५
2.5K
Shares
चौध सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन

काठमाडौँ, २० असार : प्रतिनिधिसभाको आजको बैठकले १४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको छ । समितिका सदस्यहरुमा संघीय समाजवादी फोरमका उमाशंकर अरगरिया र नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का खगराज अधिकारी, जयपुरी घर्ती, देवप्रसाद गुरुङ, पवित्रा निरौला खरेल, भानुभक्त ढकाल, रामेश्वर राय यादव, रेखा शर्मा र शान्ता चौधरी रहनुभएको छ ।

त्यस्तै, नेपाली काँग्रेसका तर्फबाट दिलेन्द्रप्रसाद बडू, पार्वता डिसी चौधरी, पुष्पा भुसाल गौतम र बालकृष्ण खाँड रहनुभएको छ भने राजपा नेपालबाट राजकिशोर यादव हुनुहुन्छ ।

आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले ‘लेखापरीक्षण विधेयक, २०७५’ प्रस्तुत गर्नुभयो ।

प्रतिनिधिसभाको अर्को बैठक असार २२ गते दिनको १ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij