काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ थान कम्प्युटर तथा अन्य सामाग्रीहरु हस्तान्तरण गरेको छ । बैंकले बूढानीलकण्ठ नगरपालिका वडा नं ११, जगडोलस्थित जनजागृति माध्यामिक विद्यालयलाई सो सहयोग हस्तान्तरण गरेको हो ।
उक्त कम्प्युटर सेञ्चुरी कमर्सियल बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले विद्यालयका सञ्चालक समिति अध्यक्ष त्रिलोचन पौड्याललाई हस्तान्तरण गर्नुभएको थियो ।
कम्प्युटर हस्तान्तरण समारोहमा विद्यालय ब्यवस्थापन समितिका सदस्य, विद्यालयका प्रधानाध्यापक, शिक्षकशिक्षिका तथा बैंकका बरिष्ठ पदाधिकारीको पनि उपस्थिति रहेको थियो । बैंकले यस भन्दा अघि पनि विभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आएको छ ।